सिजि मोटर्सको नयाँ शोरुम थापाथलीमा, विनोद चौधरीले गरे उद्घाटन

१० जेष्ठ २०८१, बिहीबार १२:११

काठमाडौं । चौधरी ग्रुपको सीजी मोटर्सले थप एउटा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकहरुमाझ लोकप्रिय सवारीको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकहरुको सहजताको लागि काठमाडौँको थापाथलीमा नयाँ शोरुम संञ्चालनमा ल्याएको हो ।

शोरुमको उद्घाटन सांसद विनोद चौधरीले गरेका हुन् । कम्पनीले उक्त शोरुम भाडामा लिई सञ्चालन गरेको हो ।

शोरुम उद्घाटन कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नयाँ शोरुम उद्घाटन गर्ने पाउँदा निकै खुसी लागेको बताए । उनले सिजि विश्वभर कै तेस्रो ठुलो कम्पनीहरुको उनको दाबी छ ।

कम्पनीले देशभरका विभिन्न स्थानहरुमा नयाँ शोरुम सहित सर्भिसको सुबिधा उपलब्द गराउने जानकारी दिएको छ। हाल नेपालभर ५० भन्दा धेरै चार्जिङ सेवा दिदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुबिधा उपलब्द गराउने उल्लेख गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*