कैलाश साम्राज्यको ३० बर्षः दर्जनौं पब्लिक कम्पनीहरुमा अर्बौंको गोल्डेन शेयरको छानबिन कहिले ?

नबराज न्यौपाने
१० जेष्ठ २०८१, बिहीबार १२:०९

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले अहिले सहकारीको जे जति लफडा भोगिरहेका छन्, त्यसको एक मात्र कारण हो, ग्यालेक्सी टिभीमा गोल्डेन शेयर लिनु । करोडौं कम्पनीमा गोल्डेन शेयरको हिसाब किताब र सम्पत्ति शुद्धिकरणमा समेत मिल्ने गरी जिबी राईले सहकारीबाट ऋण लिएको देखाएर हिसाब मिलाउने एउटा बिकल्प मात्रै बनाएका थिए ।

गृहमन्त्री रवि लामिछानेले आफैले काम गर्ने कम्पनीको गोल्डेन शेयर लिँदा त यत्रो कोकोहोलो मच्चियो भने कान्तिपुरका मालिक कैलास प्रसाद सिरोहियाले पछिल्लो ३० वर्षमा नेपालमा खडा गरेको कैलाश साम्राज्य कत्रो होला ? सहजै अनुमान लगाउन सकिन्छ । आज बजारमा जे जसरी जे जति प्रतिक्रिया आइरहेका छन्, ति सबैले कैलास साम्राज्यको झल्को दिइनै रहेको छ । पछिल्लो तीन दशकमा कैलास साम्राज्यको उदय जसरी भएको छ, त्यो रवि लामिछानेको भन्दा कम छैन । भलै कैलासले राजनीति रोजेनन् व्यवसाय, पैसा र पावरको साम्राज्य भने बलियो बनाउँदै लगे । शायद उनलाई थाहा थियो, भारतीय बाबुका छोरा, अंगिकृत नागरिक भएर धेरै चुरीफुरी गर्दा एक दिन रविकै हालत हुन्छ भनेर । त्यसैले उनले आफ्नो नागरिकता सुटुक्क सच्याएर अंगिकृतबाट बंशज बनाए (अदालतबाट पुष्टि हुन बाँकी, तथ्यहरुबाट पुष्टि भएको) ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माका विरुद्धमा कान्तिपुरले छ वटा सम्पादकीय लेखेर स्टक एक्सचेन्जको लाइसेन्स नदिएको झोक फेरेसँगै मारवाडी व्यापारीको पैसामा सजिलै बिक्री भएका तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले सिरोहियाको पोल खोलिदिएका थिए । एउटा भिडियाेमा शर्माले भनेका छन्,  ‘कैलास सिरोहिया म कहाँ आएर स्टक एक्सचेन्जको लाइसेन्स दिनुपर्यो भनेका थिए, मैले प्रक्रिया अनुसार हुन्छ भनेर फर्काई दिए, त्यसपछि मेरोविरुद्धमा कान्तिपुरमा श्रृंखलाबद्ध समाचार आयो, छ वटा त सम्पादकीय नै लेखियो ।’ जनार्दन शर्मा मारवाडी व्यापारीसँग घुस सेटिङमा उनीहरुलाई लाइसेन्स दिने तयारीमा थिए । बीचमा आएर कान्तिपुरका मालिक सिरोहियाले स्टक एक्सचेन्जको लाइसेन्स आफूलाई चाहिएको बताएपछि जनार्दन शर्मा अप्ठेरोमा परे । उनले मारवाडी समुहले ल्याउन लागेको स्टक एक्सचेन्जलाई लाइसेन्स दिने भनेर आफन्तमार्फत ठूलो रकम घुस लिइसकेका थिए । कैलासलाई लाइसेन्स दिन सक्ने अवस्था थिएन । लाइसेन्स नपाएपछि कैलासले सेटिङ बनाए र अर्थमन्त्री शर्मामाथि भ्रष्टाचारीको आरोप मात्रै लगाइएन नियोजित रुपमा मुसा काण्ड घटाइयो ।

पछिल्लो ३० वर्षको अवधीमा कान्तिपुरकै आडमा कैलास सिरोहियाले देशकाे सार्वभाैम सत्ता पहुँचमा लिएर आफ्नो विशाल साम्राज्य तयार पार्न सफल भएका छन् । तर, उनको साम्राज्य जनताको पक्षमा नभई लाभ आर्जन गर्नमा उपयोग गरे । सर्वोच्च अदालत कान्तिपुरले भने बमोजिम आदेश र फैसला दिन्थ्यो, कर्मचारीले कैलास सम्राज्यको योजना मुताविक टिप्पणी उठाउँथे । कैलासले भने बमोजिम प्रहरीले मुद्दा दर्ता र तहकिकात गर्थे । राजनीतिक दलका नेताहरुले कान्तिपुर पढेर त्यहाँ प्रकाशित समाचार अनुसार संसदमा बोल्नुपर्ने अवस्था सिर्जना गरिएको थियो । कैलास साम्राज्य अन्तर्गत नेपालको सार्वभौम सत्ताको ठूलो हिस्सा अंगिकृत नागरिक कैलास प्रसाद सिरोहियाले उपयोग गर्दै आएका थिए ।

देश बहुदलीय शासन व्यवस्था, राजाको प्रत्यक्ष शासनकाल हुँदै लोकतान्त्रिक गणतन्त्रमा पुगिसकेको थियो । तर, कैलास साम्राज्यलाई जो आएपनि फरक पर्ने नै थिएन । आज जसरी टिभीमा प्रस्तुती दिएको र सञ्चारकर्मी हुनुको नाताले माफिया र भ्रष्टाचारीहरुलाई प्रश्न सोधेको दृष्य प्रत्यक्ष प्रशारण गरेर रवि हिट भए त्यसैगरी, जनआन्दोलन २०६२।०६३ मा कैलास प्रसाद सिरोहियाले आफूलाई आन्दोलनकारीको सूचिमा आठौं दलको संज्ञा पाएका थिए । देशैभरिका जिल्ला संवाददाताहरुमार्फत कैलास सिरोहियाले आफ्नो साम्राज्य खडा गर्न सुरु गरिसकेका थिए । जनयुद्धको समयमा पनि उनै कैलास सबैका प्रिय बने । लोकतन्त्रमा पनि उनै प्रिय बने । अनि सुरु भयो, कैलासको छुट्टै साम्राज्य । कैलास साम्राज्यको सुरुवाती चरणमा आफ्ना जिल्ला संवाददाताहरुलाई हरेक जिल्लास्थित खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष बनाउन लगाइएको थियो । माओवादी द्धन्द उत्कर्षतिर पुगेकै बेला कैलास साम्राज्य विस्तारको चरण अघि बढ्यो । रेडियो नेपाल, रासस र नेपाल टिभीका संवाददाता अध्यक्ष हुने खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष पद भटाभट उनले आफ्ना जिल्ला अध्यक्षलाई लिन लगाए । जिल्लास्थित संवाददाता र सिंहदरवारमात्रै होइन, सुबथा, लोकेन्द्र बहादुर चन्द, शेर बहादुर देउवा, गिरिजा प्रसाद कोइरालाको ओछ्यानसम्मै कैलास साम्राज्यको पहुँच स्थापित भयो । जब प्रचण्डको ओछ्यानमा पुग्न अजेय सुमार्गी प्रयोग गरे, सुमार्गीले नै तीनकुनेको जग्गा भ्याईदिए । त्यसपछिको झगडा बडो रोचक थियो । अहिले कैलास साम्राज्यसँगको झगडा सुमार्गीका लागि निकै महंगो सावित पनि भएको छ । किनभने सुमार्गीको फुर्तीफार्ती त्यसपछि हरायो । पत्रकार महासंघको चुनाव आउँथ्यो, कान्तिपुरका देशैभरिका संवाददाताहरु भएकोले उसैको सबैभन्दा धेरै भोट, अधिकांश जिल्लास्थित खानेपानी व्यवस्थापन बोर्डका उसैका रिपोर्टर अध्यक्ष, केन्द्रमा संसद र सिंहदरवारमा कान्तिपुरका दर्जनौं पत्रकारहरु घुमिरहन्थे ।

यही आडमा कान्तिपुरले विरोधाभाषपूर्ण कङ्लोमोरेट्स खडा गर्न सफल भयो । यही मिडियाको कङ्लोमोरेट्सको आडमा आज विशाल साम्राज्य खडा गर्न सफल भएको छ । भ्रष्टाचार, सेटिङ, घुसको आडमा कैलास महाराजले अर्बौ रुपैयाँको बिशाल आर्थिक साम्राज्य समेत खडा गर्न सफल भएका छन् । नेप्सेमा सूचिकृत कम्पनीहरु मध्ये दर्जनौं कम्पनीमा कैलास साम्राज्यका टाईकुन सिरोहियाको नाममा गोल्डेन शेयर (पैसा तिर्नु नपर्ने सित्तैमा उपहार स्वरुप दिइने शेयर) लिएका छन् । बीमा कम्पनी, बैंक, अन्य कर्पोरेट उद्योगहरुमा सिरोहियाले अर्बौ रुपैयाँको गोल्डेन शेयर लिइसकेका छन् । पछिल्लो उदाहरण हेर्ने हो भने इसेवा र एफवान सफ्ट नेपालको नयाँ इमर्जिङ क्षेत्र बनेर उदाईरहेकाे थियाे, त्यहाँ उनकाे शेयर थिएन । कान्तिपुर दैनिकमा न्यूज ठोकेरै इसेवालाई ७२ घण्टाभित्र गलाउन कैलास साम्राज्यले सफलता प्राप्त गर्यो । जसको परिणाम १९ प्रतिशत गोल्डेन शेयर हात पर्यो । इसेवा र एफवान सफ्टमा अस्गर अलि र विश्वास ढकाल नाम गरेका व्यक्ति मुख्य सञ्चालक थिए । चार जना भएर खोलिएको इसेवा (एफवान सफ्ट) बाट अहिले अस्गर अलि लखेटिएका छन् । सुरुमा १९ प्रतिशत गोल्डेन शेयर (कान्तिपुरमा थप समाचार नलेख्ने शर्तमा) लिएर छिरेका सिरोहियाले कम्पनी नै कब्जा गरे । अहिले छोरा सम्भव सिरोहियालाई सञ्चालक बनाएका छन् । नियामक राष्ट्र बैंकलाई दपेटेपछि गभर्नर महाप्रसाद अधिकारीले एक शब्द बोल्न सकेनन्, अनि सिरोहियाको एफवान सफ्टले अहिले राष्ट्रघात गर्दै भारतसँग क्रसबोर्डर ट्रान्जेक्सन सुरु गरेको छ । यस्तै, अर्को उदाहरण चन्द्रागिरी हिल्सलाई पनि लिन सकिन्छ । चन्द्रागिरी हिल्सको शेयर पनि सिरोहियाले सित्तैमा पाएका हुन् ।

इसेवा र चन्द्रागिरी हिल्समा जस्तो त कैलास साम्राज्यले दर्जनौं पब्लिक कम्पनीमा गरेका छन् । अहिले पनि बैंक, फाइनान्स, बीमा कम्पनी, पब्लिक कम्पनीमा अर्बौ रुपैयाँको शेयर छ । त्यसको लगानी स्रोत के हो ? हालसम्म सिरोहियाको लगानी रहेका कम्पनीहरुमा गरेको लगानीलाई मुनाफा मान्ने हो भने सो बमोजिमको कर तिरेका छन् त ? कर फस्र्यौट आयोगका सदस्यहरुलाई भ्रष्टाचारको मुद्दा लाग्यो । कर फस्र्यौट आयोगबाट जनताबाट उठाएको भ्याट नतिरी छुट पाउने कैलास साम्राज्यको मिडिया पनि थियो । छुटको लाभ लिने कैलास साम्राज्यमाथि कुनै कारवाही भएन न असुली नै भयो । न्यायालयभित्र पनि उस्तै सेटिङ । हुँदा हुँदा राजनीतिक भागबण्डामा न्यायाधिश नियुक्ती गर्दा कान्तिपुरकै लागि कोटा छुट्याउनुपर्ने अवस्था सिर्जना भइसकेको छ । नपत्याए कान्तिपुरमा न्याय सम्बन्धी बहस कार्यक्रम चलाउने हरि फुयाँललाई हेर्दा हुन्छ । उनी अहिले कहाँ न्यायाधिश छन् ? यी सबै काण्डहरुको स्वतन्त्र छानविन गर्ने हिम्मत गृहमन्त्री रवि लामिछानेमा होला त ?

कुनै जमाना थियो । हेमराज ज्ञवाली भन्ने व्यक्ति भन्सारमा हाकिम थिए । २०४३ सालतिर महानिर्देशक समेत भए । घाँसीराम सिरोहिया भारतीय नागरिक हुन् । उनी नेपाल र भारतका भन्सार नाकामा घुस खुवाएर माल सामान छुटाउने बिचौलियाको काम गर्दथे । ज्ञवाली भन्सार प्रमुखसम्म हुँदा कमाएको लाखौं रुपैयाँमाथि दरवारको आँखा लाग्ने डर थियो । घुस खुवाउने सेटिङ गर्ने सिरोहियालाई पनि पैसाको कमी थिएन । सुरुमा श्याम गोयन्का र हेमराज ज्ञवाली अनि कैलास सिरोहिया मिलेर कान्तिपुर स्थापना भएको थियो । श्याम गोयन्काको शेयर सिरोहियाले कब्जा गरेका हुन् ।

मिडियाको आडमा सार्वभौम सत्ताकै उपयोग गर्ने तहमा पुगेको र मुलुककै तेस्रो चौथो दलको रुपमा आफूलाई उभ्याउन पुगेका कैलास साम्राज्यमाथि धावा बोल्ने अठोट र दृढ निश्चय वर्तमान सरकारले गरेको हो भने त्यो सराहनीय कदम हो । त्यसको सबैले स्वागत गर्नुपर्दछ । सार्वभौम सत्ता जन निर्वाचित सरकारमा निहीत भनेर संविधानमा लेखेर मात्रै हुँदैन । व्यवहारमा नेताले भट्टीबाट सार्वभौमसत्ताको उपयोग गर्ने र कुनै व्यक्तिले मिडियामा कङ्लोमोरेट्स खडा गरेर विशाल साम्राज्य खडा गर्ने कार्य न लोकतन्त्र हो न प्रेस स्वतन्त्रता ।

सरकारले सर्पको दुलोमा हात हालिसकेको छ । अब पछि हट्ने होइन । एक एक गरेर कैलास साम्राज्यका काण्डहरुको छानविन गर्नसक्नुपर्दछ । त्यो छानविनको वातारण बनाउने काममा सहयोग गर्दै लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षधरहरु एक जुट हुनुको विकल्प छैन ।

 

15 thoughts on “कैलाश साम्राज्यको ३० बर्षः दर्जनौं पब्लिक कम्पनीहरुमा अर्बौंको गोल्डेन शेयरको छानबिन कहिले ?

  1. लुङ्गेली मगर says:

    हामीले सरकारको यो कदमलाई समर्थन गर्नुपर्छ साथै सिरोहियाको साम्राज्यको अन्त्य हुनै पर्दछ।

  2. पर्शुराम says:

    जय होस

  3. Tamang Norpu says:

    अन्त्य हुनै पर्छ,यस्तो भष्ट्रचारी काे

  4. सुबास श्रेष्ठ says:

    आफ्नो ज्यान मा ध्दाडे हिनेको नदेख्नी अरूको ज्यान मा जुम्रा देख्नी सिरोहिया

  5. लिम्बु दाई says:

    कैलाश साम्राज्यवादको अन्त्य यो सरकारले तत्काल गर्नै पर्छ।

  6. रामू कुमार बस्नेत says:

    अत्यंतई सांदर्भिक समसामयिक यथार्थ कुराको उजागर गरेर हामी जतिको भुईं मंछे लाई पनी सुसुचित गर्नु भैकोमा धन्यवाद पत्रकार मित्र नवराज न्यौपाने ।

  7. धर्म योगी says:

    सरकारलाई पूर्ण समर्थन

  8. श्रीराम आचार्य says:

    यो कैलाश सिरोहिया को कालो कर्तुतको सहि तरिकाले छानबिन हुनै पर्छ। दोसी भए कठोर भन्दा कठोर सजाय हुनै पर्छ।

  9. Shiva acharya says:

    कैलाश सिरोहिया को सबै छानबिन गरि दोषी ठहर भए कठोर सजायँ हुनुपर्छ, सरकारले सुरु गरेको छ यो कदम एकदमै सराहनीय छ यो छानबिन अन्त्यसम्म होस् हामी जनता यो सरकारलाई आग्रह गर्न चाहन्छौ साथै आवश्यक परे हामबाट कस्तो सहयोग चाहिन्छ हामी तयार छौ भन्न चाहन्छौ , यो कदमबाट सरकार पछि नहटोस् र खुट्टा नकमाओस् । #wearewithyouhomeministermr.rabilamichhane

  10. देश भक्त says:

    सरकारले यी सबैकुरामा छानबिन गरोस हाम्रो समर्थन रहने छ ।।

  11. Lila Nath says:

    दाउपेचका लागि ल्याईएको लोकलन्त्रमा अव विश्वास हट्दै गएको छ । लोकतन्त्रका हिमायती भनेर चिनाईएका व्यक्तिहरुको कर्तुतले देश भँड्खालोमा पुगीसकेको छ । अव कस्को विश्वास गर्नु ? जता हेर्यो तेतै मौका सरस्त अनुहार । हाम्रो दुर्भाग्य “मुर्ख मतदाता र व्वाँसा प्रवृत्तिका कार्यकर्ता”

  12. दर्पण चौधरी says:

    नेपाल सरकारले सिरोहिया लगायत त्यसको सारा खानदानको नागरिकता रद्द गर्नुपर्छ। सिरोहिया को नागरिकता रद्द गर्न सकेन भन्ने नेपाल सरकार हिजडा हो भन्ने सम्झे हुन्छ।
    सिरोहिया को बाउ को नेपाली नागरिकता अंगीकृत छ भन्ने कैलाश को कसरी वंशज भयो.? यसको जरा देखि टुप्पो सम्म छानबिन गरी कारवाही गरी नागरिकता रद्द हुनुपर्छ र सिरोहिया लाई भारत लखेट्नु पर्छ।
    १० रुपैयाँको पत्रिका बेचेर अर्ब पति कसरी भयो.? नेपालीहरु २५,३० वर्ष विदेशमा खटेर १ करोड कमाउन सकेको छैन। सिरोहिया १० रुपैयाँको पत्रिका बेचेर अर्ब पति.?
    साला चोर, दलाल! यसलाई इन्डिया लखेट्नु पर्छ।
    नेपाल सरकारले सबै माडवारी हरुको नागरिकता देखि सम्पति छानबिन गरोस्। लक्ष्मी बैंक को प्रधान कार्यालय पनि बालेन को डोजर लगाएर भत्काउनु पर्यो.? विनोद चौधरी पनि ईन्डियन हो, त्यसको पनि सम्पति छानबिन गरी कारबाही गर्नु पर्छ। सिराहा जिल्लामा रहेको सौर्य सिमेन्ट उद्योग ले नेपाल सरकार को एलानी जग्गा मिचेको छ त्यसलाई पनि कारवाही मा ल्याउनु पर्यो।

  13. नवीन श्रेष्ठ says:

    जनार्दन शर्माले माड्वाडी समाजबाट घुस लिएको के प्रमाण छ? प्रमाणहिन, तथ्यहिन कपोकल्पित आरोप लगाउन पाईन्छ?

  14. उधारो says:

    कैलाश साम्राज्यवादको अन्त्य यो सरकारले तत्काल गर्नै पर्छ सरकार नागरिकता खारेज गर कैलास भारतीय लाई देस निकाला गर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*