इरानी राष्ट्रपति रैसीको निधनमा नेपाल सरकार बेखवर, अमेरिकी प्रभावमा श्रेष्ठ !

१० जेष्ठ २०८१, बिहीबार १३:३५

काठमाडौं । इरानीका राष्ट्रपति इब्राहिम रैसीको निधन भएको खवर बाहिर आएको आज तीन दिन पुरा भइसकेको छ । हिजो हजारौं मानिसहरु सहभागी भएर रैसीको अन्त्यष्टी पनि सम्पन्न भइसकेको छ । तर, नेपाल सरकार भने अझै बेखवर झै छ । नेपाललाई उच्च सम्मान गर्ने, असंलग्न परराष्ट्र नीतिको पक्षपाती इरानमा पछिल्लो पटक तत्कालिन बाबुराम भट्टराईको पालामा तेहरानमा विशेष आतिथ्यता नै प्रदान गरेर भ्रमण गरेको थियो ।

तर, इरानका राष्ट्रपतिको निधनमा नेपाल सरकारले शोक सन्देश पठाएको छैन भने शोक बक्तव्य समेत निकालेको छैन । गृहमन्त्रालयमा हुँदा राम्रो काम गरेर प्रख्याती कमाएका नारायणकाजी श्रेष्ठ पनि इरानी राष्ट्रपतिको निधनमा शोक बक्तव्य निकाल्न चुकेका छन् ।

नेपाली जस्तै खराव मौषमका कारण हेलिकोप्टर दुर्घटनामा निधन भएका राष्ट्रपति रैसीको निधनमा विश्वभरबाट शोक बक्तव्यहरु निकालिएका छन् । तर, नेपाल मौन रहदै आउनुका पछाडि कतै अमेरिकी प्रभावको कारण त होइन ? प्रश्न उठेको छ । पछिल्लो समय एमसीसीका कारण नेपालमा अमेरिकी प्रभाव बढिरहेको छ । नेताहरु विदेशीको प्रभावमा पर्ने र निधनमा समेत शोक बक्तव्य समेत निकाल्ने छोड्ने हो भने देशको परराष्ट्र सम्बन्ध कुन अवस्थामा पुग्ला ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*