बिक्री हुन छोडेपछि साढे २ लाख रुपैयाँ घट्यो ओमोडा ई ५ को मूल्य, पुराना ग्राहक मर्कामा

१० जेष्ठ २०८१, बिहीबार १३:५२

काठमाडौं । बिक्री हुन छोडेपछि एसपीजी अटोमोबाइलले चिनियाँ विद्युतीय कार ओमोडा ई ५ को मूल्य घटाएको छ । पुराना ग्राहकलाई निकै महँगोमा ओमोडा ई ५ बिक्री गर्दै आइरहेको एसपीजि अटोमोबाइलले नयाँ ग्राहकलाई छुट ब्यवस्था गरेको हो ।

पछिल्लो समय कम्पनीको व्यापार निरन्तर खस्किदै गएको छ । कम्पनीको ओमोडा ई ५ मा ग्राहकहरुको नजर नपर्दा कम्पनीले गाडि बिक्री हुन सकेको छैन । बजारमा आइरहेको नयाँ नयाँ गाडिसँग प्रतिस्पर्धा ओमोडा ई ५ ले गर्ने नसक्दा व्यापार घट्दै गएको हो ।

कम्पनीले अहिले जेठ १४ गते भन्दा भित्र ओमोडा ई ५ किन्ने ग्राहकलाई २ लाख ५० हजारसम्म नगद छुट दिने स्किम सार्वजनिक गरेको छ । ४ महिना अगाडि नेपालमा सार्वजनिकहुँदा ओमोडा ई ५ इलेक्ट्रिक एसयूभीको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको थियो । पछि उक्त मूल्यमा २ लाख ५० हजार बृद्धि गरेर ६१ लाख ९९ हजार पुर्याइएको हो ।

कम्पनीले गुणस्तर खस्किदै गएको र भने जस्तो रेन्ज पनि नदिने गरेको एक ओमोडा ग्राहकले बताए । उनले भने, ‘४३० किलोमिटरको रेन्ज प्रदान गर्ने दाबी गरेको थियो । तर त्यो छैन । गुणस्तर पनि निरन्तर खस्किदो छ । किनेर हैरानी व्यहोर्नु परेको छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*