१९ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

११ जेष्ठ २०८१, शुक्रबार ०६:५३

काठमाडौं । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र सम्पर्कमा पनि नआएको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले जेठ ११ गते शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदमा कार्यरत प्रहरीलाई हाजिर हुन निर्देशन दिएको हो । आफू गैर हाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन भनेको छ । अन्यथा सेवाबाट हटाउने कारवाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

गैरहाजिर हुनेमा प्रहरी नायव निरीक्षक, सहायक निरीक्षक, हवल्दार, सहायक हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*