राष्ट्रिय अनुसन्धान विभागमा २५२ जनालाई रोजगारको अवसर

११ जेष्ठ २०८१, शुक्रबार ०९:१७

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले २५२ जनाका लागि आवेदन खुलाएको छ । विभागले समावेशी प्रावधान अनुरुप खुला तथा प्रतिस्पर्धात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

विभागले सहायक सूचकमा २३४ जना, सुरक्षा गार्डमा १६ जना र परिचरमा दुई जनाबाट दरखास्त माग गरेको छ । सहायक सूचकका लागि एसईई मा कम्तीमा दुई जीपीए प्राप्त गरेको वा सो सरहेको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । सुरक्षा गार्डका लागि आठ कक्षा वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र परिचरका लागि साधारण लेखपढ गर्न सक्नेले आवेदन दिन पाउनेछन् ।

तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात सहित असार ८ गतेसम्म र दोब्बर दस्तूर तिरी १५ गतेसम्म आवेदन दिन पाउनेछ्न ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*