प्रगतिशील लेखक संघको बैठक इलामको अन्तुडाँडामा शुरु

धनबहादुर मगर
११ जेष्ठ २०८१, शुक्रबार १०:१७

इलाम । प्रगतिशील लेखक संघको बैठक नेपाली अर्थतन्त्रको क्षेत्रमा ५ ‘अ’ को नामले परिचित जिल्ला इलामको अन्तुडाँडामा अन्तर्राष्ट्रिय प्रगतिशील वाङमय संङगोष्ठी आजबाट शुरु भएको छ । इलामको सूर्योद्धय नगरपालिका–५, अन्तुडाँडास्थित अन्तुडाँडा होमस्टेमा बसेको बैठकले महत्वपूर्ण निर्णयहरु लिने लेखक संघले जनाएको छ ।

प्रलेसका अध्यक्ष डा. मधु सुदन गिरीको अध्यक्षतामा बसेको बैठकमा महासचिवले देशभर रहेका प्रलेसका जिल्ला समिति, प्रदेश लगायत केन्द्रबाट भए गरेका गतिविधिहरुलाई संक्षिप्त रुपमा बैठकमा प्रस्तुत गरेका छन् ।प्रगतिशील साहित्यकारहरुको साझा संगठनको रुपमा परिचित प्रलेसको यो बैठकमा विभिन्न प्रदेश र जिल्लामा रहेका प्रगतिशील स्रष्टाहरुको सहभागीता रहेको छ ।

बैठकमा वरिष्ठ स्रष्टाहरू, पूर्व अध्यक्ष डा.जीवेन्द्रदेव गिरी, सल्लाहकार विमल निभा, संघीय सांसद तथा साहित्यकार विजुला रायमाझी, उपाध्यक्ष समिरसिंह, महासविच देवी दुलाल, उप–महासचिव बालमुकुण्द कार्की, कोषाध्यक्ष बाबा बस्नेत, कोशी इन्र्चाज बोधकुमार घिमिरे, कोशी प्रदेश अध्यक्ष तिला लेकाली, बागमती प्रदेश अध्यक्ष हरिप्रसाद सिलवाल, कर्णाली प्रदेश युद्ध विक्रम शाही, राममणी घिमिरे, डा.देवी पन्थी, डमरु वल्लभ भण्डारी, प्रा.डा.बद्रीप्रसाद पोखरेल, भवानी पोखरेल, शिवनारायण पण्डित (सिंगल), खेम नेपाली, शेखर अर्याल, गोपीचन्द्र कार्की, कृष्णप्रसाद नेपाल, सचिव रविमान लम्जेल, यदुनाथ वसन्तपुरे प्राज्ञ परिषद् सदस्य अगिव बनेपाली, ध्रुव रायमाझी सहभागी रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*