बीमा सरेण्डरप्रति बीमा प्राधिकरण गैरजिम्मेवार

१३ जेष्ठ २०८१, आईतवार १९:२०

काठमाडौं । बीमा सरेण्डरप्रति बीमा प्राधिकरण गौरजिम्मेवार देखिएको लेखापरिक्षणको प्रतिवेदनले उजागर गरेको छ। महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनले बीमा सरेण्डरप्रति बीमा प्राधिकरण गौरजिम्मेवार देखिएको लेखापरिक्षणको प्रतिवेदनले उजागर गरेको हो ।

प्राधिकरणले समर्पण दर वृद्धि हुनुको कारण पहिचना गरी समाधानको बाटो नरोज्दा सरेण्डरको दर बढ्न गएको प्रतिवेदनमा उल्लेख गरिएको छ। महालेखा परिक्षकले समर्पण दर वृद्धि हुनुको कारण पहिचान गरी समाधान गर्नतर्फ प्राधिकरणले ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ।

प्रतिवेदनमा उल्लेख गरे अनुसार यो बर्ष १४ जीवन बीमा कम्पनीले जारी गरेको कुल १ करोड ४१ लाख ३७ हजार बीमालेखमध्ये १ लाख १ हजार ९१८ बीमालेख समर्पण भएको छ ।

त्यस्तै, १ लाख १ हजार ९१८ बीमालेख समर्पण हुँदा १३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। समर्पण दर बीमालेख सङख्यामाको आधारमा ०।७२ प्रतिशत र रकमगत आधारमा ९।५० प्रतिशत रहेको प्रतिवेदनमा प्रष्टयाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*