सरकारले नेप्से र सिडिएसको पुनसंरचना गर्नेे

१५ जेष्ठ २०८१, मंगलवार १६:५०

काठमाडौं नेपाल सरकारले नेप्से र सिडिएसको पुनसंरचाना गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को यंयुक्त बैठकमा आर्थिक वर्ष २०८१।८२ को बजेट प्रस्तुत गर्दै नेप्से र सिडिएसको पुनसंरचना गर्ने जानकारी दिएका हुन् ।

उनले नेप्से र सिडिएसको संरचनागत सुधार गरिने बताएका छन् भने धितोपत्र बोर्ड र बीममा प्राधिकरणको संस्थागत क्षमता सुधार गरिने बताएका छन्।

यस्तै बस्तु विनिमय बजारको सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने बजेटमा उल्लेख छ।

निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीहरुलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिने बजेटमा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*