आगामी आर्थिक वर्ष देशको अर्थतन्त्र ६ प्रतिशतले विस्तार हुने सरकारको लक्ष्य

१५ जेष्ठ २०८१, मंगलवार १७:०३

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष देशको अर्थतन्त्र ६ प्रतिशतले विस्तार हुने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट पेश गर्दै आर्थिक वृद्धि ६ प्रतिशत हुने लक्ष्य लिएका हुन् ।

नयाँ चरणको आर्थिक सुधार हुने उनले बताए ।

यस्तै मुद्रास्फीति ५।५ प्रतिशतमा सिमित राख्ने सरकारको योजना छ ।

सरकारले चालु आवको बजेटमार्फत् देशको अर्थतन्त्र ६ प्रतिशतले बढ्ने अनुमान गरेपनि राष्ट्रिय तथ्यांक कार्यालयले ३।८७ प्रतिशतको मात्र आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ । तर, अर्थमन्त्री पुनले वास्तवमा ४।५ प्रतिशत पुग्ने दाबी गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*