सार्वजनिक संस्थानलाई सम्भाव्यताका आधारमा पब्लिक कम्पनीमा रुपान्तरण गरिने

१५ जेष्ठ २०८१, मंगलवार १७:१३

काठमाडौं। सरकारले सार्वजनिक संस्थानलाई एकीकृत रुपमा होल्डिङ कम्पनी मार्फत सञ्चालन गर्न कानुनी व्यवस्था गर्ने भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक संस्थानलाई सम्भाव्यताका आधारमा पब्लिक लिमिटेडमा रुपान्तरण गरिने उनले बताए ।

हाल ४४ संस्थान मध्ये २० वटामा शतप्रतिशत सरकारको लगानी छ भने २४ वटा संस्थानमा आंशिक सेयर छ ।गत आर्थिक वर्षसम्म ४१ संस्थान सञ्चालनमा छन्। २०७९÷८० मा २६ संस्थानले नाफा कमाउँदा १५ संस्थान घाटामा गएका थिए ।
३३ वटा संस्थान कम्पनी ऐन अनुसार स्थापना भएका हुन भने विशेष ऐन बमोजिम ७ वटा, सञ्चार संस्थान ऐन बमोजिम २, सहकारी ऐन बमोजिम १ र संस्थान ऐन बमोजिम १ वटा संस्थान सञ्चालनमा छन्।

उत्पादन र रोजगारमा योगदान गर्नसक्ने सम्भावना रहेका रुग्ण उद्योग निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालनमा ल्याइने उनले घोषणा गरे ।निजी क्षेत्रका रुग्ण उद्योगलाई पुर्नस्थापनामा सहजिकरण गरिने पुनले बताए । बन्द अवस्थामा रहेका विराटनगर जुटमिल, हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योगलाई उद्योगलाई सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा ल्याइने बजेट मार्फत घोषणा गरिएको छ ।
त्यस्तै, सार्वजनिक संस्थाको सम्पत्ति मौद्रिकीकरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*