आलु–प्याजको भ्याट हटाइयो, भारतीय व्यापारीसँगको सेटिङको आशंका

१५ जेष्ठ २०८१, मंगलवार १७:४७

काठमाडौं । सरकारले विदेशबाट आयात हुने आलु प्याज तथा स्याऊमा लगाइएको भ्याट हटाउने निर्णय गरेको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र किसानलाई राहत दिन भारत तथा विदेशबाट आयात हुने आलु तथा प्याज लगायतका फलफूलमा यसअघि लगाएको भ्याट हटाएको छ । बजेट बक्तव्यमार्फत सरकारले गत वर्षदेखि किसान संरक्षण गर्न ल्याइएको आलु प्याजको भ्याट खारेज गर्ने निर्णय गरेको हो ।

आलु प्याजमा लगाएको भ्याट हटाउँदा सर्वसाधारणले सस्तोमा उपभोग गर्न पाउने तर्कसँग सहमत हुन सकिने आधारहरु छैनन् । बरु, उल्टै भारतीय व्यापारीसँग मिलेर अर्थ मन्त्रालयले सेटिङमा भ्याट हटाएको आशंका गरिएको छ । सरकारले नेपाली किसानले भारतीय सस्तो प्याज र आलुसँग प्रतिस्पर्धा गर्न नसकिरहेको बेला विदेशबाट आयात हुने तरकारी तथा आलुप्याजलाई निरुत्साहित गर्न लगाइएको भ्याट हटाउने निर्णय सरकारले गरेको हो ।

यस्तो निर्णयले किसानहरुको खेतबारीमा रहेको आलुप्याजको मूल्य सस्तो भई लागत मूल्य नै नपाउने अवस्था आउनेछ । जसबाट किसानहरु आत्महत्या गर्न बाध्य हुने समेत अवस्था आउने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*