सरकारले २६० कारागारलाई सुधार गृहको रूपमा विकास गर्ने

१५ जेष्ठ २०८१, मंगलवार १७:५३

काठमाडौं । सरकारले २६० कारागारलाई सुधार गृहको रूपमा विकास गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय सांसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।

२६० कारागारलाई सुधार गृहको रूपमा विकास गरिने र खुला कारागारको अवधारणा अनुसार कैदी बन्दीलाई लघु, घरेलु तथा साना उद्यमका रोजगारीसँग आबद्ध गरिनेछ।

कारागारमा कैदीबन्दीको चाप कम गर्न प्रोफेसन र प्यारोलको व्यवस्था कार्यान्वयनमा ल्याइनेछ । निर्माणाधीन १ हजार ३ सय ७० जना क्षमताको नुवाकोट कारागारलाई सञ्चालनमा ल्याइएको छ ।

उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यावसायिक बनाइने समेत बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*