साहसिक खेल पर्यटनको लागि बन्द रहेका १८ विमानस्थललाई प्रयोग गरिने

१५ जेष्ठ २०८१, मंगलवार १८:०५

काठमाडौं । देशभरका ५५ विमानस्थलमध्ये वन्द १८ वटा विमानस्थललाई सरकारले साहसिक खेल पर्यटनमा प्रयोग गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१।८२ मा सञ्चालनमा नरहेका बाग्लुङको बलेवा, खोटाङको लामीडाडा, मनाङ, ओखलढुंगाको रुम्जाटार, बैतडी लगायतका वन्द विमानस्थलमा निजी क्षेत्रसंगको सहकार्यमा साहसिक उडान गराउने बताएका छन् ।

उनका अनुसार, ती विमानस्थलमा प्याराग्लाइडीङ, स्काइडाइभिङ, प्यारासुट, अल्ट्रालाइट लगायतका मनोरञ्जन तथा साहसिक उडान गराइने भनिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*