अभिकर्ता उत्प्रेरित गराउन नेशनल लाइफ गाईघाटद्वारा ‘मोटिभेशनल कार्यक्रम’

१५ जेष्ठ २०८१, मंगलवार १९:१०

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा गाईघाटले ‘मोटिभेसनल कार्यक्रम संचालन गरेको छ । अभिकर्तालाई व्यवसायप्रति उत्प्रेरित गराउने उद्धेश्यले नेपालका चर्चित ‘मोटिभेशनल स्पीकर’ शौनक भट्टद्धारा एक दिवसीय उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको हो ।

मंगलबार सदरमुकाम गाईघाटस्थित रत्न रिसोर्टको सभाहलमा आयोजित कार्यक्रममा शाखा अन्तर्गत करिब २ सय हाराहारी क्रियाशिल अभिकर्ताहरुको सहभागिता रहेको थियो । शाखा प्रमुख प्रेमकुमार राईका अनुसार अभिकर्ताहरुलाई व्यवसायिक लगावप्रति उर्जा थप्त कार्यक्रम आयोजना गरिएको हो ।

सार्वजनिक एक निजी तथ्यांक अनुसार सहजकर्ता मोटिभेशनल स्पीकर भट्ट नेपालका उत्कृष्टमध्ये दोस्रो स्थानमा मानिन्छन् । स्वदेशसँगै देशबाहीरका दर्जनौ देशहरुमा समेत थुप्रै कार्यक्रम सहजीकरण गरिसकेका भट्टले आफ्नो भोगाई र अनुवभसँग जोडेर व्यवसायिक सफलताका सूत्रबारे चर्चा गरेका थिए । उनले हालसम्म बिभिन्न कार्यक्रममार्फत करिब ३ लाख व्यक्तिहरमाझ उत्प्रेरणाको स्रोत र सूत्र पस्किसकेको सुनाए ।

नेशनल गाईघाट शाखाले बेला बेला अभिकर्ता लक्षित विशेष क्षमता अभिबृद्धी तथा व्यवसाय प्रवर्दनमूलक कार्यक्रम संचालन गर्दै आएको छ । ‘मोटिभेशनल’ कार्यक्रमले पनि अभिकर्तामा नयाँ जोस र जाँगर सिर्जना गर्ने शाखा प्रमुख राईको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*