अब विदेशमा अध्ययन गर्न जाने विद्यार्थी पनि करको दायरामा

१५ जेष्ठ २०८१, मंगलवार १९:१७

काठमाडौँ । अब विदेशमा अध्ययन गर्न जाने विद्यार्थी कर तिर्नु पर्ने भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक बिद्येयकमा सो कुरा उल्लेख गरीएको हो ।

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षणा शुल्क बापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा तीन प्रतिशत शिक्षा सेवा शुल्क लगाइने र असुल गरिने भएको छ । विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बैङ्क वा वित्तीय संस्थाले शिक्षा सेवा शुल्क बापत सङ्कलन गरेको रकम अर्को महिनाको पच्चीस गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सहितको जानकारी सम्बन्धित राजस्व कार्यालयमा पठाउनु पर्ने जनाएको छ ।

सटही सुविधा लिई शिक्षा सेवा शुल्क बुझाएका तर विदेशमा अध्ययन गर्न जान नपाएका विद्यार्थीले विदेशी मुद्रा फिर्ता गरी शिक्षा सेवा शुल्क फिर्ता माग गरेमा आन्तरिक राजस्व विभागले तोकेको प्रक्रिया बमोजिम सम्बन्धित बैङ्क मार्फत फिर्ता दिने भएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*