४ महिनासम्म भ्याट विवरण नबुझाए करदाताको खाता रोक्का

१५ जेष्ठ २०८१, मंगलवार १९:२८

काठमाडौं । व्यवसायीहरुले भ्याट विवरण तोकिएको समयसम्म नबुझाए त्यस्तो करदाताको खाता रोक्का गरिने भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक विधेयकले मूल्य अभिवृद्धि कर ऐन २०५२ लाई संसोधन गर्दै उक्त व्यवस्था गरिएको हो ।

‘(३) यस दफा बमोजिम कर विवरण बुझाउनु पर्ने करदाताले कर विवरण बुझाउनु पर्ने मिति समाप्त भएको चार महिनासम्म नबुझाएमा कर अधिकृतले त्यस्तो करदाताको आयात वा निर्यात रोक्का गर्न सक्नेछ।’ आर्थिक विधेयकले मुल्य अभिवृद्धि कर ऐन २०५२ लाई संसोधन गरी दफा ३ मा उक्त व्यवस्था गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*