विद्यार्थी बोक्ने बसलाई कर छुट, १० वर्षसम्म बिक्री तथा हस्तान्तरण गर्न नपाइने

१५ जेष्ठ २०८१, मंगलवार १९:३८

काठमाडौं । सामुदायिक शिक्षण संस्थाले विद्यार्थीहरु ओसारपसार गर्ने प्रयोजनका लागि खरिद गर्ने बसलाई मुल्य अभिवृद्धि कर छुट प्रदान गरिएको छ । सोही प्रयोजनको लागी कुनै शैक्षिक संस्थाले दुई वटा वष खरिद गरेमा अन्तः शुल्कमा पनि छुट दिने भएको छ ।

सरकारले आज सार्वजनिक गरेको आर्थिक विधेयकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा ३० सीट क्षमता भएको १ थान वर्ष आयात गर्दा मुल्य अभिवृद्धि कर र २ थान भन्दा बढी खरिद गर्दा अन्तः शुल्कमा छुट प्रदान गरिएको हो ।

साथै, बिद्याथी बोक्ने प्रयोजनको लागि छुट प्राप्त गरि खरिद गरिएका उक्त बसहरु दश वर्षसम्म बिक्री, वितरण, हस्तान्तरण गर्न नपाइने र यदि यस्तो कार्य गरेको पाईएमा कानुन बमोजिम कर लगाइने व्यवस्था गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*