सरकारको नजर उर्जा क्षेत्रमा, आयोजनाका पार्टपुर्जामा कर छुट

१५ जेष्ठ २०८१, मंगलवार १९:४३

काठमाडौँ । सरकारले उर्जाले क्षेत्रलाई प्राथमिकता दिदै आइरहेको छ । आर्थिक विधेयक २०८१ मार्फत अर्थमन्त्री वर्षमान पुनले उर्जा आयोजनामा आवश्यक पार्टपूर्जामा कर छुट दिने जनाएको हो ।

विधेयक मार्फत उर्जा क्षेत्रमा आवश्यक उपकरणमा मूल्य अभिवृद्धि कर छु दिने भएको हो । २०८२ साल चैत्र महिनासम्म वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएका दुईसय मेगावाट भन्दा बढी क्षमताका जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लागि लगानी बोर्डबाट स्वीकृत हुनेको हकमा सो बोर्डको र अन्यको हकमा ( नेपाल विद्युत प्राधिकरणबाट सञ्चालन हुने आयोजना समेत) विद्युत विकास विभागको सिफारिसमा सम्बन्धित आयोजनाको प्रवर्द्धक, आयोजना वा सोको ठेकेदारले पैठारी गर्ने निर्माण उपकरण, प्लाण्ट, मेशिनरी औजार एवं सोको सम्बन्धित पार्टपुर्जा, विष्फोटक पदार्थ, पेनस्टक पाइप तथा स्टील प्लेटहरूमा मूल्य अभिवृद्धि कर छुट दिइने जनाएको छ ।

साथै, सो बमोजिम सिफारिस गर्दा जलविद्युत आयोजनाको विस्तृत इञ्जिनियरिङ्ग डिजाइन प्रतिवेदनमा उल्लिखित परिमाण अनुसार सिफारिस गर्नुपर्ने छ ।

जलविद्युत आयोजनाका लागि आवश्यक पर्ने मेशिनरी औजारहरु र तिनका पार्टपुर्जा, यन्त्र उपकरणहरू, पेनस्टक पाईप वा सो बनाउन प्रयोग हुने फलामे पाता स्थानीय उद्योगबाट उत्पादन हुने भई सोही उद्योगबाट सम्बन्धित आयोजनामा सोझै वा सो आयोजनाका ठेकेदारमार्फत आयोजनालाई आपूर्ति गर्ने भएमा कारोबारमा शून्य दरको सुविधा प्रदान गरिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*