सरकारले आर्थिक विधेयक मार्फत भ्याट र प्यानमा दियो छुटै–छुट, कुनमा कति ?

१५ जेष्ठ २०८१, मंगलवार २०:२२

काठमाडौं । सरकारले करको दायरा विस्तार गरी राजश्व संकलन बढाउने उदेश्यले भ्याट र प्यानमा विभिन्न प्रकारका छुट प्रदान गर्ने घोषणा गरेको छ । सरकारले आज सार्वजनिक गरेको आर्थिक विधेयकमा उक्त प्रदान गरिने छुटहरु उल्लेख गरेको हो ।

सरकारले करको दायरामा आउने नागरिकहरुलाई दुई आर्थिक वर्षको कारोबारमा लाग्ने कर छुट दिने भएको छ । ‘कुनै व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको तर स्थायी लेखा नम्बर नलिएको भए त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को बुझाउनु पर्ने आय विवरण र सोमा लाग्ने कर संवत् २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ।’ सरकार जारी गरेको आर्थिक विधेयकमा उल्लेख गरेको छ ।

साथै, सरकारले चालु आर्थिक वर्षको फागुन महिनासम्ममा आयकर विवरण बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा गर्ने व्यवस्था गरेको छ ।

सार्वजनिक आर्थिक विधेयक अनुसार २०८० सालको असार मसान्तसम्मको मुल्य अभिवृद्धि कर विवरण पेश नगर्ने, मुल्य अभिवृद्धि करमा दर्ता भएको करदाताले आफुले बुझाउनु पर्ने कर विवरण लगायतका विवरणहरु चालु आर्थिक वर्षको फागुनसम्ममा बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा गरिने भएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*