नेशनल लाइफले चर्चित कलाकारसहित ‘नेशनल लाइफ गला कन्सर्ट’ आयोजना गर्दै, अधिकांश महिला अभिकर्ता क्वालिफायर

२० जेष्ठ २०८१, आईतवार १३:४९

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले काठमाडौंमा भव्य रुपमा ‘नेशनल लाइफ गला कन्सर्ट’ आयोजना गर्ने भएको छ । कम्पनीले आफ्ना अभिकर्ताहरुको मनोबल बढाउन र अभिकर्ताहरुको मनोरन्जनको लागि उक्त कन्सर्ट आयोजना गर्न लागेको हो ।

कन्सर्टमा क्वालिफायर हुनको लागि अभिकर्ताहरुले चालु आर्थिक वर्षको जेठ महिनाभित्र आफ्नो व्यक्तिगत कोडमा ५ लाख ९९ हजार रुपैयाँको नयाँ व्यवसाय गर्नुपर्ने कम्पनीले जनाएको छ । हालसम्म उक्त योजनाजमा अधिकांश अभिकर्ताहरु क्वालिफायर भैसकेका छन् । कम्पनीका अनुसार कन्सर्टमा पुरुषभन्दा महिला अभिकर्ताहरु बढी क्वालिफायर भएको जनाएको छ ।

हालसम्म उक्त कन्सर्टमा तिनकुने ब्रान्चकी सुमित्रा पौडेल, सोही ब्रान्चकी अर्पना थपलिया, राधा खड्का, पोखरा ब्रान्चका सागर श्रेष्ठ, काठमाडौं ब्रान्चकी बिमला खरेल, नारायणघाट ब्रान्चकी रोजिना रावल बी.सी, तुलसीपुर ब्रान्चका दिनेश बहादुर बस्नेत, ललितपुर ब्रान्चका पासाँङ शेर्पा, बिरगंज ब्रान्चका धिरेन्द्र कुमार शाह लगायतका अभिकर्ताहरु क्वालिफार्यड हुन सफल भएका छन् ।

साथै, दमक ब्रान्चकी नोलिजा राई, इटहरी ब्रान्चकी मनिसा बस्नेत सापकोटा, मनिग्राम ब्रान्चकी सर्मिला अर्याल पाण्डे, सरिता कुमारी सिंह, पोखरा ब्रान्चकी मेलिना के.सी, भक्तपुर ब्रान्चका नर बहादुर तामाङ, प्रकाश सुवेदी, बुटवल ब्रान्ँचका दिवस गैरे, वालिङ ब्रान्चकी शर्मिला अर्याल, राजबिराज ब्रान्चकी सरिता कुमारी चौधरी, भैरहवा ब्रान्चका अनिल यादव लगायतका धेरै अभिकर्ताहरु क्वालिफार्यड भैसकेका छन् ।

नेशनल लाइफ गला कन्सर्टमा नेपालका चर्चित कलाकार प्रमोद खरेल, कमेडियन सन्दिप क्षेत्री, हेमन्त शर्मा, मेलिना राई र डिजे नानीको बेजोड प्रस्तुती रहने भएको छ ।

 

 

 

 

One thought on “नेशनल लाइफले चर्चित कलाकारसहित ‘नेशनल लाइफ गला कन्सर्ट’ आयोजना गर्दै, अधिकांश महिला अभिकर्ता क्वालिफायर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*