नेशनल लाइफका बिकल्प चापागाईको नयाँ किर्तिमान, १ वर्षमा २ सय बीमा पोलिसी बिक्री गर्न सफल

२१ जेष्ठ २०८१, सोमबार १२:४७

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गुलरिया शाखा कार्यालयमा आवद्ध रहेका अभिकर्ता बिकल्प चापाँगाईले नयाँ रेकर्ड बनाएका छन् । कम्पनीमा अभिकर्ता चापागाईले चालु आर्थिक वर्षमा २ सय भन्दा बढी पोलिसी बिक्री गर्दै नयाँ रेकर्ड कायम गर्न सफल भएका हुन् ।

नेपाल कै अब्बल जीवन बीमा कम्पनीमा नयाँ रेकर्ड कायम गरेको अवसरमा खुशी व्यक्त गर्र्दै उनले भने, ‘मैले आम नागरिकहरुलाई करोडौं रुपैयाँका ठुला बीमा पोलिसी बिक्री गरिन् । उहाँहरुलाई आवश्यकता अनुसारका बिमांक रकम भएका बीमा पोलिसी बिक्री गर्दै आएको छु।’ आर्थिक मन्दी र विभिन्न समस्याका कारण ठुला पोलिसी नविकरणमा समस्या आउने र बीमितहरु मारमा पर्ने गरेको समेत बताए ।

कम्पनीको गुलरिया शाखा कार्यालयमा आवद्ध रहेका चापागाईले बीमितहरुको रोजाई र उनीहरुको आर्थिक अवस्थाले धान्न सक्ने बीमा पोलिसी बिक्री गर्दै आएका छन् । कम्पनीको व्यवसाय वृद्धि गर्न र सयौं नागरिकहरुको बीमा गराई जोखिम हस्तान्तरण गर्न पाएकोमा आफुलाई गौरभावित महशुस गरेको समेत बताए ।

कम्पनीको गुलरिया शाखा प्रमुख प्रकाश उपाध्यायले अभिकर्ता चापागाईलाई हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्र्दै आउँदो दिनमा पनि साथ सहयोग प्रदान गरिने बताए । कम्पनीले पनि अभिकर्ता चापागाईलाई उनको कामको लागि हौसला प्रदान गर्दैै धन्ययवाद ज्ञापन गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*