चितवनका कृषकलाई केरा बीमा दावी रकम उपलब्ध गराउन संसदमा माग

२१ जेष्ठ २०८१, सोमबार ११:४२

काठमाडौं । प्रतिनिधि सभा सदस्य नैनाकला थापाले चितवनका केरा खेती गरिरहेका कृषकहरुलाई क्षतिपूर्ती वापतको बीमा रकम चाडो भन्दा चाडो उपलब्ध गराउन सरकारसँग माग गरेकी छन् । प्रतिनिधि सभामा बोल्दै उनले उक्त माग गरेकी हुन् ।

उनले पूर्वी चितवनको रत्ननगरमा लगाएका ४० लाख बढी केराका बोटहरुमा क्षति भएको र सरकारले चितवनलाई कृषि पोकेट क्षेत्रको रुपमा पनि विकास गर्दै गरेको अवस्थामा बीमा दावी वापतको रकम पनि उपलब्ध गराउन माग गरेकी छन् ।

‘केरा कृषकहरुमध्ये ९० प्रतिशतले केरा बीमा गरेका छन् र उनीहरुको १२ करोड रुपैयाँ बराबरको क्षति भएको छ। सो क्षतिको मुल्यांकन गरी बीमा दावी भुक्तानी गर्न आवश्यक छ।’ उनले भनिन् ।

हावाहुरीले केरा खेतीमा करिब १२ करोडको क्षति, गत बर्षकै २ करोड बीमा दाबी उठाउन नसकेका कृषक चिन्तित

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*