नेशनल लाइफका ३५ जना अभिकर्ता ‘नेशनल रत्न अवार्ड’ बाट सम्मानित

२७ जेष्ठ २०८१, आईतवार १६:१२

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ‘नेशनल रत्न अवार्ड’ वितरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आज विहान करिव १० बजे काठमाडौंको लेमोन ट्री प्रिमियर, बुढानिलकण्ठमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीले उक्त कार्यक्रमम बागमती प्रदेश अन्तर्गतका अभिकर्ताहरुलाई मात्र सहभागिता गराउँदै गरेको छ । कम्पनीका अनुसार अघिल्लो आर्थिक वर्षमा उत्कृष्ठ व्यवसाय गर्न सफल भएका ३५ जना अभिकर्ताहरुलाई ‘नेशनल रत्न अवार्ड’ पाउन सफल भएका छन् । आउँदो दिनमा कम्पनीले विभिन्न प्रदेशमा कार्यक्रम आयोजना गर्दै छनोट भएका अभिकर्ताहरुलाई उक्त अवार्ड वितरण गरिने पनि कम्पनीले जानकारी दिएको छ ।

अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेस प्रसाद खत्रीले अभिकर्ताहरुको सक्रियताका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको व्यवसाय पनि वृद्धि भएको बताए ।

अभिकर्ताहरुलाई हौसला प्रदान गर्दै सीईओ खत्रीले भने, ‘हामीले अभिकर्ताहरुको मनोबल बढाउन र अभिकर्ताहरुको कामको सम्मान गर्दै विभिन्न समय सापेक्ष योजनाहरु समेत ल्याउदै छौं।’

बागमती प्रदेश अन्तर्गत कम्पनीका सक्रिय अभिकर्ता जयाराम बिडारी, न्यूरोड शाखाकी सर्मिला खतिवडा, पृथ्वी नारायण श्रेष्ठ लगायतका ३५ जना अभिकर्ताहरु सम्मानित भएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*