रिलायबल नेपाल लाइफकी अभिकर्ता सम्झना श्रेष्ठद्वारा एकैदिनमा आधा दर्जनबढी बीमा पोलिसी बिक्री

२८ जेष्ठ २०८१, सोमबार १६:०९

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी सिनियर एजेन्सी म्यानेजर सम्झना श्रेष्ठले एकैदिनमा ७ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएकी छन् । कम्पनीको हाकिमचोक शाखामा आवद्ध रही बीमा व्यवसाय गर्दै आएकी श्रेष्ठले आम नागरिकहरुलाई विभिन्न समयमा आवश्यक सल्लाह दिदैं बीमा गराउन व्यस्त रहेकी छन् ।

शाखा कार्यालयबाट केही दुरी टाढा बसाई भएको कारण गाउँ समाजका मानिसहरुलाई निरन्तर पन्छ्याउदैं सही समय आएपश्चात बीमा गराई नागरिकहरुको जोखिम हस्तान्तरण गर्दै आएको सिनियर एजेन्सी म्यानेजर श्रेष्ठले बताईन् ।

आफुले बीमा व्यवसायलाई इमान्दारिता पूर्वक गर्दै आएको बताउदै उनले भनिन्, ‘मैले नागरिकहरुको बीमा गराउन लगातार प्रयास गरिरहेकी छु। गाउँ समाजमा बीमा गराउन सबैलाई सुझाव दिदै आएकी छु र उहाँहरुलाई आर्थिक कुराको व्यवस्था गर्न पनि आग्रह गर्दछु र उक्त कुरा पुरा भएपछि सम्पूर्ण प्रक्रिया पुरा गरी बीमा गरिदिन्छु।’

साथै, कम्पनीको हाकिमचोक शाखा कार्यालयले आफुलाई आवश्यक परेको समयमा सहयोग उपलब्ध गर्दै आएको र आउँदो समयमा एकैदिनमा २१ भन्दा बढी बीमा पोलिसी बिक्री गर्ने लक्ष्य रहेको समेत बताइन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*