टेलिकमको प्रबन्धक निर्देशक बन्न १७ जनाको आवेदन, तीन जनाको सम्भावना बलियो

काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाको आवेदन परेको छ । संचार तथा सूना प्रविधि मन्त्रालयका अनुसार यसअघि जेठ २२ मा खुलाएको दरखास्तमा मंगलबार अन्तिम दिनसम्म १७ जनाले आवेदन दिएका हुन् ।
आवेदन दिनका लागि ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको, मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने न्यूनतम मापदण्ड राखिएको थियो।
आवेदन दिनेमा तीन जनाको सम्भावना बलियो रहेको छ । टेलिकमकै निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी, अनिल कुमार झा र शालिग्राम पराजुलीको पल्ला भारि रहेको छ । उनै तीन जनाबाट एक जना छनोट हुन सक्ने सम्भावना देखिन्छ । जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध निर्देशक झा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका निकट ब्यक्ति मानिछन् ।
विमल आचार्य, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, बुद्धिप्रसाद आचार्य, शालिकराम सुवेदी, रमेशप्रसाद जोशी, कमल लामिछाने, केदारनाथ कोइराला, नगेन्द्रकुमार दास, सुभाष शाह, लक्ष्मण महर्जन, कृष्णप्रसाद भण्डारी, चिन्तामणि बराल र प्रेमप्रसाद सिलवालले समेत आवेदनदिनएका छन् ।
प्रबन्ध निर्देशकको कार्यकाल ४ वर्षको हुनेछ भने मासिक पारिश्रमिक साढे २ लाख र अन्य सेवासुविधा निर्देशिका अनुसार हुनेछ ।