सीइडीबी हाइड्रोपावरको नाफामा उछाल

१३ कार्तिक २०८१, मंगलवार ०७:३६

काठमाडौं । सीइडीबी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार गत आवको तुलनामा चालु आवको पहिलो त्रैमासमा खुद नाफा २०२.२८ प्रतिशत वृद्धि भएको छ ।

चालु आवको असोज मसान्तसम्म कम्पनीले ९ करोड ७ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३ करोड ३३ हजार रुपैयाँ मात्रै थियो ।

असोजसम्म आइपुग्दा कम्पनीको सेवा शुल्क, ब्याज र अन्य आम्दानी १४५.९२ प्रतिशतले वृद्धि भएको छ । गत आवमा ४ करोड ९ लाख ८१ हजार रुपैयाँ यस्तो आम्दानी गरेको कम्पनीको चालु आवमा बढेर १० करोड ७ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २३.२१ प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख ३७ हजार रुपैयाँ पुगेको छ । जगेडा कोष र संचित मुनाफा ५३ करोड ६३ लाख रुपैयाँबाट घटेर ४८ करोड ६० लाख रुपैयाँमा झरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ८ पैसाले बढेर ३५ रुपैयाँ ११ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १६ रुपैयाँ ९ पैसाले घटेर १४७ रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात ५०.९८ गुणा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*