आईटी क्षेत्रको विकास र प्रवर्धनमा सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री ओली

८ माघ २०८१, मंगलवार १६:३६

काठमाडौैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आईटी क्षेत्रको विकास र प्रवर्धनको लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । मंगलबार आइटी उद्यमीसँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपालमा विकास गर्ने मुख्य कुरा भनेको आइटीको दक्ष र सक्षम जनशक्ति रहेको धारणा व्यक्त गरेका हुन् ।

‘नेपालको विकास र नेपालीको विकास गर्ने मुख्य कुरा भनेको आइटीको दक्ष र सक्षम जनशक्ति हो । त्यसो भएर हामीले यी कुराहरुलाई एकदम तीव्रताका साथ अगाडि बढाउनुु छ।’ उनले भने ।

प्रधानमन्त्री ओलीले युवाहरुलाई दक्ष, सक्षम बनाउँन आवश्यक रहेको जिकीर गरेका छन् । उनले भने, ‘युवाहरुले रहेका यहाँ केही गर्न सकिंदैन भन्ने चिन्ता जाहेर गर्नु भयो र त्यसमा अलिकति आशावादीता जागेको कुरा गर्नु भयो, त्यो ठीक हो । मैले अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि मुख्य कुरा आशा जगाउने काम, विकास हुनसक्छ, हाम्रै पालामा विकास हुनसक्छ, हामी गर्न सक्छौं भनेर अगाडी बढेका छौ।’

उनले भने, ‘मैले हाम्रा पूर्वजहरुका कहानी सुनाउने गरें, हाम्रा पूर्वजहरु यस्ता महान् थिए, यस्ता इनोभेटर थिए, यस्ता रिसर्चर थिए भनेर । ज्ञान यहाँ सुरु भयो र विस्तार भयो । गणित यहाँ सुरु भयो र विस्तार भयो । चिकित्सा शास्त्र यहाँ सुरु भयो र विस्तार भयो, खगोलशास्त्र यहाँ सुरु भयो र विस्तार भयो । ज्ञान भनेकै यहाँ सुरु भयो र विस्तार भयो । दुुई चार शताब्दी हामी अलिकति पछाडि पयौं’

‘सरकार आफैँले पनि प्रोडक्शन गर्छ । अहिलेसम्मको स्थिति के छ भने, हामीले सफ्टवेयर ऐरा झण्डैझण्डै गुमायौं नै । भारतले जुन कुराको ठूलो फाइदा लियो, हामी देख्दादेख्दै पछाडि प¥यौं ।’ उनले भने ।

प्रधानमन्त्री ओलीले नागरिक एपजस्ता कुराहरु निकालेर केहीकेही मामलामा ग्लोबल्ली फस्ट, चालक अनुमति पत्र(ड्राइभिङ लाइसेन्स)लगायतका चिजहरु त्यसैमा समेटेर लान सकिने गरी  विकास गरेको समेत बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*