सानिमा रिलायन्स लाइफको एमडिआरटी सम्मान सम्पन्न
२० माघ २०८१, आईतवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफले एमडिआरटी लक्ष्य पुरा गरेका उत्कृष्ट बीमा अभिकर्ताहरुलाई सम्मान तथा पुनर्तागजी तालिम सम्पन्न गरेको छ । कार्यक्रममा सानिमा रिलायन्स लाइफबाट एमडिआरटी, सिओटी र टिओटी भएकाहरुलाई सम्मानित गरिएको थियो ।
गत शुक्रबार राजधानी काठमाडौंको चन्द्रागिरी हिल्समा आयोजित भव्य कार्यक्रममा २७ जना एमडिआरटी लक्ष्य पुरा गरेका बीमा अभिकर्ताहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा उत्कृष्ट बीमा अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा कम्पनीका सिईओ शिवनाथ पाण्डे, उच्च व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो । कार्यक्रममा सिईओ पाण्डेले पुरस्कृत तथा सम्मानित बीमा अभिकर्ताहरुलाई सम्बोधन गर्दै बीमा सेवालाई जनताको घरदैलोमा पुर्याउन आग्रह गरेका थिए ।