सन नेपाल लाइफद्वारा २ सय जनाबढी अभिकर्तालाई राष्ट्रिय स्तरको अभिमुखिकरण तालिम प्रदान

२० माघ २०८१, आईतवार १६:३३

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमा अभिकर्ता तथा शाखा व्यवस्थापकहरूका लागि राष्ट्रिय स्तरको AML/CFT (Anti-Money Laundering & Combating the Financing of Terrorism) अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम माघ १८ गते काठमाडौंस्थित अमृतभोग क्याटरिङ्गमा आयोजना गरिएको थियो, जसमा २०० भन्दा बढी अभिकर्ता र शाखा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सीईओ राज कुमार अर्याल ले बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, उद्योगका वर्तमान प्रवृत्तिहरू, र व्यवसायिक नैतिकता सम्बन्धी मार्गदर्शन प्रदान गरेका थिए ।

साथै, उनले सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोकथाम सम्बन्धी नीतिहरू, नियमनकारी निकायहरूद्वारा लागू गरिएका नयाँ प्रावधानहरू, तथा बीमा प्रतिनिधिहरूले अवलम्बन गर्नुपर्ने नैतिक व्यापार अभ्यासहरूबारे महत्वपूर्ण जानकारी प्रस्तुत गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*