देशभर इन्टरनेट सेवामा समस्या

२० माघ २०८१, आईतवार २२:०८

नेपालको इन्टरनेट सेवा एक्कासि डाउन भएको छ ।

आइतबार करिब ९ बजेदेखि सबै मोबाइल तथा इन्टरनेट सेवाप्रदायकको सेवा निकै सुस्त भएको पाइएको हो । ग्राहकहरूले आफ्ना सेवाप्रदायकबाट इन्टरनेट नचलेको गुनासो गरिरहेका छन् ।

नेपाल टेलिकमक प्रवक्ता हरि ढकालले सेवामा समस्याबारे आफूले बुझ्ने बताए ।

आइतबार राति ९ बजेदेखि देशभरका विभिन्न कम्पनीका इन्टरनेट स्लो बनेको छ ।

नेपालमा सेवा दिँदै आएका इन्टरनेट सेवा प्रदायकमा कुनैमा चल्दै नचल्ने र चल्दा पनि स्लो हुने समस्या देखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*