सिटिजन लाइफ प्रवेश गरेसँगै प्रवीण हर्मेलले गरे यस्तो प्रगति, घर परिवार दङ्ग

मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रुपमा काम गरिरहेका प्रवीण हर्मेलले संघर्षको राजमार्गमा आफ्ना पाइलाहरू अगाडी बढाइरहेका छन् ।
बागलुङ जिल्लाका प्रवीण हर्मेल यतिबेला सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरको रुपमा आवद्ध भएका छन् । सिटिजन लाइफको उत्कृष्ट बोनसदर, पर्याप्त तालिमबाट दिक्षित प्रवीण छोटो अवधिमै उत्कृष्ट एजेन्सी बन्न सफल भइसकेका छन् ।
मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त ज्ञानको उपयोगबाटै प्रवीणले सिटिजन लाइफमा आबद्ध भएको ३ वर्षमै लोभलाग्दो प्रगति गर्न सफल भएका हुन् । पोखरामा युवा जागरण पशु तथा कृषि फार्म सञ्चालन गरेर दैनिकी बिताइरेहका प्रवीण हर्मेललाई बीमा अभिकर्ता बन्दै गर्दा सफल होला कि नहोला भन्ने भित्री डर त थियो तर, त्यो भन्दा ठूलो आँट, विश्वास र सफल भएरै छोड्ने दृढता थियो । त्यही दृढताले आज उनलाई सिटिजन लाइफको व्यवसायीक तथा सफल एजेन्सी म्यानेजरको रुपमा सबैले चिनेका छन् ।
जीवनमा आइपरेका हजारौ बाधा, अड्चनलाई आत्मसात गर्दै यति बेला सिटिजन लाइफ इन्स्योरेन्सका अभिकर्ता प्रवीण हर्मेलले सरल राजमार्गमा आफ्ना पाइला चलाइरहेका छन् । बीमा अभिकर्ता पेशा अंगाल्न जति सहज र सजिलो रहेको छ, यसमा व्यवसायिक सफलता प्राप्त गर्न निकै अप्ठ्यारो छ । यस्ता अप्ठ्यारालाई सहजतामा परिणत गर्न सिटिजन लाइफले प्रवीणलाई निकै सहयोग गरेको छ ।
बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–४ मा जन्मिएका प्रवीण हर्मेल अहिले सिटिजन लाइफ इन्स्योरेन्सको कास्की पोखरा शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा आवद्ध छन् । सुरुवाती समयदेखि नै वित्तीय क्षेत्रको राम्रो ज्ञान र अनुभव बटुलेका उनले एलआइसी नेपालबाट आफ्नो पेशाको थालनी गरेको उनी बताउँछन् ।
सानैदेखि सकेसम्म आफ्नै देशमा केही गर्छु भन्दै हुटहुटी बोकेका प्रवीणले २०७० सालमा कक्षा १२ उत्तिर्ण गरेका हुन् । गाउँ समाजमा एक असल नागरिकको परिचय बनाएका उनले विभिन्न आर्थिक अभाव भोगिरहेकाहरुलाई समेत सहयोग गरेर समाजसेवीको रुपमा समेत आफ्नो परिचय बनाउन सफल भएका छन् ।
आम नागरिकहरुसँग बोल्ने नरम शैली र वित्तीय क्षेत्रको राम्रो ज्ञान भएका प्रवीणलाई अभिकर्ता बन्न सिटिजन लाइफ इन्स्योरेन्सकै शारदा शाहीले सल्लाह दिएको उनी सुनाउछन् । ‘शारदा शाहीले अभिकर्ता पेशामा आवद्ध हुन विभिन्न सुझावहरु दिनुभयो, यस पेशमा सेवाका साथ–साथै मेवा समेत पाइने र विशेषगरी नागरिकको जोखिमको सारथी बन्न पाइने भनेर सम्झाउनु भएपछि मैले अभिकर्ता पेशा अंगाल्ने निधो गरे।’
२०७९ सालको चैत महिनादेखि आधिकारीक रुपमा सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता बनेर बीमा व्यवसायको सुरुवात भएको सुनाउछन् उनी । ‘सुरु– सुरुमा मलाई जीवन बीमाबारे त्यति थाहा थिएन् । सानोमा विद्यालयमा पढाउदा अलि सुनेको कुरा भुलिसकेको थिए।’ उनले भने, ‘पछि विस्तारै अभिकर्ता पेशा र जीवन बीमाको बारेमा बुझ्दै जाँदा बल्ल यो पेशा मलाई राम्रो लागेर यसै पेशालाई अंगाल्ने निधो गरेको थिए।’
घर परिवारको राम्रो साथ र सहयोग पाएका प्रवीण विदेश जाने तयारीमा थिए । ‘गाउँ घरमा उतिवेला म जस्ता सबै युवाहरु विदेश जादैथिए । मैले पनि बाध्यतले विदेश जाने मनासय बनाएको थिए । तर, अभिकर्ता पेशामा आवद्ध भएपछि विदेश जान आवश्यक ठानिन्।’ उनले भने, ‘सिटिजन लाइफले मलाई विदेशीनबाट बचाएकोमा धन्यवाद दिन चाहान्छु।’
पोखरामै सञ्चालनमा ल्याएको युवा जागरण कृषि फार्मलाई त्यागेर व्यवसायीक अभिकर्ताको रुपमा बीमा व्यवसायलाई नै आत्मसाथ गरेर अगाडी बढेका छन्, प्रवीण । ‘बीमा बजारमा अभिकर्ता र कम्पनीबीच थुप्रै पतिस्पर्धा रहेको छ । मैले विस्तारै कम्पनीका विभिन्न तालिमहरुमा सहभागी हुदै गएपछि व्यवसायमा झन मन लाग्दै गएको छ।’ उनले भने ।
प्रवीणका अनुसार जीवन बीमा भनेको मानिसको सम्पति हो । दुई वर्ष अघि पोखरामा भएको यति एयरलाइन्स दुर्घटनामा परेका चार जनाको मात्र बीमा गरेको देख्दा आश्चर्य लागेको उनी सुनाउँछन् ।
‘सिटिजन लाइफमा २० वटा घातक रोगको समेत दावी पाइन्छ । मैले मेरो गाउँका एक जना मानिसको १० लाख रुपैयाँ बराबरको बीमा गरेको थिए । बीमा गरेको चार महिनामै ब्रेन ट्युमर भएपछि उनलाई ९ लाखबढी रुपैयाँको दावी दिएपछि गाउँका अरु मानिसहरुलाई समेत बीमा प्रति सकारात्मक सोच आएको थियो।’ उनले भने ।
उनी सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता मात्र नभएर आमा बुवाको लागि एक असल छोरा र श्रीमतीको लागि एक असल तथा जिम्मेवार श्रीमान बन्न सफल भएका छन् । ‘आफ्नो घरपरिवारसँग दुःख सुख विताउँदै कसैको करकाप सहनुनपर्ने र कुनै लगानी गर्नुनपर्ने, स्वतन्त्र रुपले गर्न सकिने पेशा अभिकर्ता पेशा हो । जसले मलाई यसमा आकर्षित बनाएको हो।’
घर परिवार र श्रीमतीको राम्रो साथ सहयोगले सिटिजन लाइफमा चम्किरहेका प्रवीण अभिकर्ता पेशाप्रति गौरवान्वित महशुस गरेको अनुभव सुनाउँछन् । १० जना नागरिकहरुलाई बीमा गर्नको लागि प्रस्ताव गर्दा पनि त्यस समुहबाट जम्मा १–२ जनाले मात्र बीमा गर्न सहमत हुने र अन्य नागरिकहरु विभिन्न बाहानामा पन्छिने गरेको उनको अनुभव छ । उनले तीन वर्षको अवधिमा १४७ जनाबढी मानिसको बीमा गर्न सफल भएका छन् ।
बीमा व्यवसायप्रतिको लगाव र निरन्तरको संघर्षले प्रवीण पोखरा शाखा कार्यालयबाट आर्थिक वर्ष २०७९/०८० मा ब्रोन्च क्लव र आव ०८०/०८१ मा सिटिजन लाइफको चर्तित डाइमण्ड क्लवमा छनौट हुन समेत सफल भएका छन् । सन् २०२५ को एमडीआरटी समेत छनौट भएका प्रवीणले एमडीआरटी लक्ष्य पुरा गर्न बागलुङ, म्याग्दी जिल्लाको गाउँ–गाउँमा गएर बीमा गराउने गरेको अनुभव सुनाए । विभिन्न क्लबहरुमा छनौट भएर मान, सम्मान पाउँदा बीमा गराउन उनलाई झन उत्साह मिलेको उनी बताउछन् ।
बीमा व्यवसायमा एकदमै सक्रिय रहेका उनले असोज महिनामा हरेक दिन १ बीमालेख जारी गरी मिसन ‘वन डे वन पोलिसी’ को लक्ष्य समेत जारी गर्न सफल भएका थिए । उनको यो सफलताले कम्पनीको पोखरा शाखा कार्यालयको इज्जत समेत बढेको थियो ।
उनका अनुसार सिटिजन लाइफमा रहेको जीवन शुभारम्भ (इण्डोमेन्ट) बीमा पोलिसी नागरिकको पहिलो रोजाईमा रहेको छ । ‘सिटजन लाइफमा आवद्ध भएपछि पहिलो पटक आफ्ना बुवालाई काठमाडौंको हायत रिजेन्सीमा सञ्चालित कार्यक्रममा सहभागी गराएर उहाँको अनुहारमा खुशी ल्याउन पाएको त्यो पल म कहिल्यै भुल्न सक्नेछैन्।’ उनले सुनाए ।
उनी भन्छन्, ‘मैले बीमाबारे धेरै अध्ययन गरे । अनि मानिसहरुसँग उनीहरुलाई सहज हुने समयमा भेटघाट गदर्थे । पहिला उनीहरुका सबै कुरा सुने पश्चात मात्र मैले उनीहरुलाई सम्झाएर गलत धारणा चिरेर बीमा गर्ने गरेको छु।’ वार्षिक उनले ४० देखि ५० जना मानिसहरुको बीमा गर्दै आएका छन् ।
सिटिजन लाइफका विभिन्न टार्गेटहरु पुरा गरेर वैदेशिक भ्रमणमा समेत सहभागी भएको उनी सुनाउँछन् । ‘मैले अभिकर्ता पेशाबाट नै सिङ्गापुर, मलेसियासहितका देशमा भ्रमण गरेर आएको छु। यो सम्झिदा आफ्नो पेशाप्रति झन बढी खुशी लाग्ने गरेको छ।’
नागरिकहरुले बीमा कम्पनी हेरेर भन्दा पनि अभिकर्ताहरुको स्वभाव, इमान्दारीता, बानी व्यहोरा र समाजमा उनीहरुको स्थापित छबिलाई हेरेर बीमा गर्ने गरेको उनको बुझाइ छ । नागरिकहरुका कुराहरुलाई सुनेर उनीहरुको बीमाप्रतिको नकारात्मक कुरालाई चिरेर अघि बढ्ने गरेको उनी बताँछन् ।
‘गाउँ समाजमा शिक्षित युवा–युवतीहरु विदेशीने क्रम जारी रहेको छ । २१औं शताब्दीमा पनि बीमा सम्बन्धि जनचेतनाको प्रचार हुन सकेको छैन।’ उनले भने, ‘देशमा भएका विभिन्न सहकारी प्रकरणले पनि मानिसहरु बीमा कम्पनीहरु पनि पैसा खाएर भाग्ने पो हुन् की भन्दै गुनासो गर्छन् र नानाथरी नकारात्मक कुरा गर्छन्। उतिबेला मन त दुख्छ तर, पछि सबैकुरालाई सकारात्मक रुपले लिएर अघि बढ्छु।’
सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई धेरै प्राथमिकतामा राखेर विभिन्न उत्प्रेरणामुलक तालिम तथा विभिन्न भ्रमण योजना समेत ल्याएको कारण कम्पनीप्रति आफु खुशी रहेको धारणा छ । अभिकर्ता पेशा आम नागरिकहरुले सोचेको भन्दा निकै फरक रहेको उनको अनुभव छ ।
सिटिजन लाइफमा प्रवेश गरेसँगै प्रवीणको जीवनमा आमुल परिवर्तन आएको छ । सूरुमा मानिसहरुसँग कुरा गर्दा समेत खुलेर बोल्न लजाउने प्रवीणको अभिकर्ता बनेसँगै आत्मविश्वास बढ्नुका साथै कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ प्रतिस्पर्धासँग जुध्दै उनले बागलुङ, म्याग्दी तथा पोखराका नागरिकहरुको बीमा गरेर जीवनको जोखिमर क्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सफल भएका छन् ।
आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमाको क्षेत्रको फराकिलो दायरा वृद्धि गर्दै अगाडि बढ्ने प्रतिवद्धता र आत्मविश्वास बढेको बताउछन् प्रवीण । देशमा रहेको बेरोजगारीको समस्यालाई पनि निराकण गर्न अभिकर्ता पेशाले महत्वपूर्ण भुमिका रहेको उनको धारणा छ ।
प्रवीणले चलाएको बीमा अभियानले बीमा गरेर जीवन रक्षावरण गर्न चाहने बीमितलाई त राहत मिलेकै छ । त्यसबाहेक कमजोर आर्थिक अवस्था भएका घरपरिवारका वस्तीमा पनि उनले चलाएको बीमा अभियानले बीमा सचेतना अभियान समेत विस्तार भएको छ ।
आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमाको क्षेत्रको फराकिलो दायरा वृद्धि गर्दै अगाडि बढ्ने प्रतिवद्धता र आत्मविश्वास बढेको बताएका छन् । आम नागरिकहरुलाई व्यवसायीक अभिकर्तासँग बीमा गरेर जोखिम रक्षावरण गर्न आग्रह गर्नुका साथै आफ्ना बीमित, परिवार र सिटिजन लाइफलाई धन्यवाद व्यक्त गरेकाछन् ।
अत्यन्तै मिजासिला भद्र बोलिमा मिठास भएका प्यारो भाइ प्रवीण लाई अझै सफलताको शुभकामना व्यक्त गर्दछु ।