सानिमा जिआईसी इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
२५ माघ २०८१, शुक्रबार १०:०५

काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैंठकले हाल कायम रहेको चुक्तापूँजीको ७.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद गरी कुल ७.८९४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।