शिखर नगरपालिकाद्वारा न्यूनतम रोजगारीका लागि निवेदन दिन आह्वान

काठमाडौँ । शिखर नगरपालिकाले आर्थिक वर्ष २०८२।०८३ का लागि न्यूनतम रोजगारीमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिहरूबाट निवेदन आह्वान गरेको छ। नगरपालिकाले रोजगारीको हक सम्बन्धि ऐन, २०७५ को दफा ११, नियमावली, २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५ को दफा १८ बमोजिम न्यूनतम रोजगारीका लागि आवेदन खुलाएको हो।
यसका लागि १८ देखि ५९ वर्षसम्मका सामाजिक संरक्षण आवश्यक भएका विपन्न, न्यून आय भएका वा स्वरोजगारीमा समेत संलग्न नभएका व्यक्तिहरूले २०८१ फागुन मसान्तसम्म आफू स्थायी बसोबास रहेको वडा कार्यालयबाट फारम भरी निवेदन दिन सक्नेछन्।
नगरपालिकाले २०८१।०८२ मा सूचीकृत बेरोजगारहरूले आगामी आव २०८२।०८३ मा सूचीकृत हुन चाहेमा फारममा नविकरण लेखी पेश गरे पुग्ने जनाएको छ।