निर्जीवन बीमा कम्पनीको टाउकोमा साढे ९ अर्ब खुद दावी बक्यौता, कसको कति ?

काठमाडौँ । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले बीमितलाई तिर्नुपर्ने खुद बीमा दावी भुक्तानी बक्यौता साढे ९ अर्ब रुपैयाँ रहेको छ ।
नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा बीमितहरुलाई दिन बाँकी रहेको खुद दावी भूक्तानी वापतको रकम नौ अर्ब ४० करोड १४ लाख रुपैयाँ रहेको कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ।
गत आवको सोही अवधिमा तुलनामा निर्जीवन बीमा कम्पनीहरुले दावी भुक्तानी गर्नुपर्ने रकम २७.५३ प्रतिशतले बृद्धि भएको छ । गत आवको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीहरुको यस्तो बक्यौता रकम सात अर्ब ३७ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा नेको इन्स्योरेन्सको खुद दावी भुक्तानी गर्नुपर्ने रकम दुई अर्ब पाँच करोड रुपैयाँ रहेको छ । कमपनीले यसमा कोरोना बीमा दावीको रकम समेत उल्लख गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा
त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद दावी भुक्तानी गर्नुपर्ने रुकम १२.९९ प्रतिशतले बढेर ९९ करोड ७५ लाख रुपैयाँ रहेको छ । कुल दावी भुक्तानी गर्नुपर्ने रकम सबैभन्दा बढी भएको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद दावी भुक्तानी गर्नुपर्ने रकम ९४ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा द ओरियण्टल इन्स्योरेन्सको खुद दावी भुक्तानी गर्न बाँकी रकम ८४ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सको ७७ करोड ०१ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको ५९ करोड ५८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको ५६ करोड ९१ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५४ करोड सात लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको ४२ करोड ५५ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ४० करोड रुपैयाँ खुद दावी भुक्तानी गर्नुपर्ने रकम छ ।
साथै, यस अवधिमा सानिमा जिआइसी इन्स्योरेन्सको ४० करोड ८७ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको ३६ करोड २३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको २७ करोड ५ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सको २० करोड ५८ लाख रुपैयाँ मात्र खुद दावी भुक्तानी गर्नुपर्ने रकम रुहेको छ ।