पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किएर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

३ फाल्गुन २०८१, शनिबार १३:५३

काठमाडौं । पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो ।

सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ पुगेका थिए । अर्थमन्त्री पौडेल पनि सामान्य घाइते भएका छन् ।

अर्थमन्त्री पौडेलले एआई जडित पानसमा बत्ति बालेर पोखरा भ्रमण वर्ष २०२० लेखेको ब्यानर सार्वजनिक गर्ने तयारी गर्ने क्रममा दुर्घटना भएको हो । ब्यानर दुबै साइट बेलुन झुण्डाइएको थियो । सोही क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरुलाई परेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*