थप उपचारका लागि अर्थमन्त्री र पोखराका मेयरलाई काठमाडौँ ल्याइँदै
३ फाल्गुन २०८१, शनिबार १४:५९

काठमाडौँ।उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर उनीहरू घाइते भएका थिए ।
अर्थमन्त्री सचिवालयका अनुसार पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ।