अर्थमन्त्री पौडेल र मेयर धनराज आचार्यको उपचार सुरु
३ फाल्गुन २०८१, शनिबार १६:२२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार सुरु भएको छ ।
दुवैको काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको हो । अर्थमन्त्री पौडेलको हातमा र मेयर आचार्यको अनुहारको केही भाग तथा कपालको केही भाग जलेको छ ।
पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष’ उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगो लागेपछि जलेर दुवै घाइते भएका छन् ।
अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज र मेयर आचार्यलाई फिस्टेल अस्पताल पठाइएको थियो ।