प्रभु शाहको प्रश्नले प्रधानमन्त्री ओली आक्रोश, ‘म मेनपावर व्यवसायी हो ?’

४ फाल्गुन २०८१, आईतवार १६:०१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रश्नोत्तर कार्यक्रममा आम जनता पार्टीका सांसद प्रभु साहप्रति आक्रोश व्यक्त गरेका छन्। साहले ओलीलाई बुँदागत रूपमा ८ वटा प्रश्न राखेका थिए, जसमा वैदेशिक रोजगार र सरकारको नीति सम्बन्धी सवाल थिए।

तर, प्रश्नहरूलाई अपमानजनक ठान्दै प्रधानमन्त्री ओलीले ती प्रश्नहरूमा विरोध, घृणा र आक्रोश झल्किएको टिप्पणी गरे। उनले संसद्को रोष्ट्रमबाटै साहको प्रश्नको शैलीप्रति असन्तुष्टि जनाउँदै भने, ‘विदेश युवा पठाएर के लाभ भयो जस्ता प्रश्नले संसद्को गरिमा घटाएको छ। के म मेनपावर व्यवसायी हुँ ?’

ओलीले वैदेशिक रोजगारको तथ्यांकसम्बन्धी प्रश्नको पनि खण्डन गरे। उनले भने, ‘अहिले म सरकारमा आएपछि मात्रै यो प्रक्रिया सुरु भएको हो ? तपाईंले भनेका ७० लाख ८ महिनामा नै गएका हुन् ?’

सांसद साहले प्रतिवाद गर्ने प्रयास गरे पनि सभामुख देवराज घिमिरेले उनलाई समय दिएनन्। प्रधानमन्त्री ओलीले अन्य प्रश्नहरूको जवाफ दिन आवश्यक नरहेको भन्दै आफ्नो सम्बोधन समाप्त पारे।

साहले गरेका ८ प्रश्न

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*