अन्ततः झुक्यो केआईआईटी, नेपाली विद्यार्थी र जनतासँग माग्यो माफी

काठमाडौँ । भारतको ओडिशा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले १६ फेब्रुअरीमा क्याम्पसमा भएको अप्रिय घटनामा संलग्न नेपाली विद्यार्थीहरूसँग माफी मागेको छ। क्याम्पसका उपकुलपति प्रा। सरनजीत सिंहले उक्त घटनामा आफूहरू स्तब्ध रहेको र यस्तो व्यवहारको कुनै पनि प्रकारको समर्थन नगर्ने बताएका छन्।
प्रा। सिंहले एक सार्वजनिक बयानमा भने, ‘हामीले विद्यार्थीहरूसँग गरिएका केही गैरजिम्मेवार टिप्पणीहरूको गहिरो खेद प्रकट गर्दैछौं। यी टिप्पणिहरू हामीसँगको व्यक्तिगत क्षमतामा गरिएका क्षणिक विचार मात्र थिए, जसलाई क्याम्पसले पूर्णतया अस्वीकार गर्छ।’ उनले, ती टिप्पणीहरू गर्ने दुई जना अधिकारीहरूलाई निलम्बन गरिएको र उनीहरूले आफनो व्यवहारको लागि माफी मागेको जानकारी पनि दिए।
उनले थपे, ‘हामी हाम्रा नेपाली विद्यार्थीहरूलाई सधैं माया गर्छौं र उनीहरूलाई कुनै प्रकारको हानि पुर्याएको हामी स्वीकार्दैनौं। हामी नेपाल र नेपाली जनताको प्रती हाम्रो स्नेह र माया व्यक्त गर्दछौं।
केआईआईटीले नेपाली विद्यार्थीहरूलाई भारतीय विद्यार्थी जस्तै सम्मान र माया गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्दै, उनीहरूलाई तुरुन्तै नियमित अध्ययनमा सामेल हुन अपिल गरेको छ।
केआईआईटी क्याम्पसमा नेपाली विद्यार्थीहरूको फर्कनको लागि एक समर्पित सहायता कक्ष पनि खोलिएको छ जसले उनीहरूको सहायतामा २४×७ सेवा प्रदान गर्दैछ।