अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २० गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३९.५० रुपैयाँ र बिक्रीमूल्य १४०.१० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा घटेको हो।
त्यस्तै युरोपियन युरो एकको खरिददर १४५.७८ रुपैयाँ र बिक्रीदर १४६.४१ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.४७ रुपैयाँ र बिक्रीदर १७७.२३ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५४.७९ रुपैयाँ र बिक्रीदर १५५.४६ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८६.८३ रुपैयाँ र बिक्रीदर ८७.२१ रुपैयाँ र क्यानाडियन डलर एकको खरिददर ९६.६९ रुपैयाँ र बिक्रीदर ९७.११ रुपैयाँ रहेको छ।
सिङ्गापुर डलर एकको खरिददर १०३.४६ रुपैयाँ र बिक्रीदर १०३.९० रुपैयाँ, जापानी येन १० को खरिददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.१३ रुपैयाँ र बिक्रीदर १९.२१ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३७.२० रुपैयाँ र बिक्रीदर ३७.३६ रुपैयाँ र कतारी रियाल एकको खरिददर ३८.२८ रुपैयाँ र बिक्रीदर ३८.४४ रुपैयाँ निर्धारण गरिएको छ।
थाई भाट एकको खरिददर ४.०८ रुपैयाँ र बिक्रीदर ४.१० रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.९९ रुपैयाँ र बिक्रीदर ३८.१५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.२४ रुपैयाँ र बिक्रीदर ३१.३७ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ र स्विडिस क्रोनर एकको खरिददर १३.०७ रुपैयाँ र बिक्रीदर १३.१३ रुपैयाँ रहेको छ।
त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर १९.५५ रुपैयाँ र बिक्रीदर १९.६३ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.९४ रुपैयाँ र बिक्रीदर १८.०२ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४५१.७९ रुपैयाँ र बिक्रीदर ४५३.७४ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३७०.१० रुपैयाँ र बिक्रीदर ३७१.६९ रुपैयाँ र ओमानी रियाल एकको खरिददर ३६२.३५ रुपैयाँ र बिक्रीदर ३६३.९१ रुपैयाँ रहेको छ।













