थापाथलीमा मेलम्चीको पाइफ फुट्यो, सडक अवरुद्ध
२० फाल्गुन २०८१, मंगलवार ०८:०८

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप मंगलरबार बिहानै फुटेपछि सडक अवरुद्ध भएको छ। थापाथलीस्थित प्रसुति गृह जाने सडकमा पाइप फुटेर बाढी आएपछि आवागमन अवरुद्ध भएको हो।
राजधानीबासीका लागि वर्षौंदेखि प्रतिक्षित मेलम्ची आयोजना पटकपटक उद्घाटन भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। अर्बौं बजेट खर्चिएर निर्माण गरिएको आयोजनामा समयसमयमा पाइप फुटिरहने समस्या बारम्बार बेहोर्नुपरेको स्थानीयबासीले गुनासो गर्ने गरेका छन्।
केही दिनअघि बबरमहल क्षेत्रमा पनि मेलम्चीको पाइप फुटेपछि जलमग्न बनेको थियो। बबरमहलको पाइप फुटेपछि सो क्षेत्रमा निर्माण कार्य पूर्ण रूपमा नसकिँदै फेरी थापाथलीमा त्यस्तै समस्या दोहोरिएको छ।












