बोरिङ खन्दा ललितपुरको टिकाथलीमा आगो निस्कियो
२० फाल्गुन २०८१, मंगलवार १०:११

काठमाडौं । ललितपुरको टिकाथलीमा बोरिङ खन्दै गर्दा जमिनमुनिबाट आगो निस्किएको छ। टिकाथली र चाँगाथलीबीचको गोदावरी खोला नजिक करिब ३०० मिटर जमिनमुनिबाट आगो निस्किएको हो।
उक्त स्थलमा पानीको ट्याङ्की निर्माणका लागि माटो खन्ने काम सकिएपछि बोरिङ मेसिन फिट गर्ने क्रममा आगो निस्किएको हो। हाल आगो निभाउने प्रयास जारी रहेको छ।
काठमाडौं उपत्यकामुनि ३१ करोड घनमिटरमा प्राकृतिक ग्यास रहेको भूगर्भविदहरूले बताउँदै आएका छन्।












