पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ नेपालगञ्ज शाखा समिति गठन, अध्यक्षमा चन्द्रा शाही

२५ फाल्गुन २०८१, आईतवार ११:०३

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक नेशनल लाइफ इन्स्योरेन्को नेपालगञ्ज शाखाका अभिकर्ताको बृहत भेलाले शाखा समिति गठन गरेको छ ।

बीमक समितिका केन्द्रिय सचिव शंकर लामिछाने, उपाध्यक्ष गंगा शर्मा र लुम्बिनी प्रदेश अध्यक्ष रबिलाल भण्डारीको बिशेष सक्रियतामा प्रथम भेला सम्पन्न गरेको हो । उक्त भेलाले चन्द्रा शाहीको अध्यक्षतामा १५ सदस्स्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रामलोचन शाह, सचिवमा मनोज श्रीवास्तव, सहसचिवमा पुष्पा श्रेष्ठ, कोषाध्यक्षमा सबिता भुजेल चयन भएका छन् ।


साथै, भेलाले सदस्यहरुमा क्रमशः गंगा थापा मगर, जीवन न्यौपाने, श्रीकला मल्ल उमेश तिवारी, ओमकार मौर्य, कन्चन दिवान, सन्जु कुमारी थापा, बास्ना शाही र मनकली गुरुङ्ग चयन भएका छन् ।

नेशनल लाइफ प्रदेश प्रमुख एवम नेपालगञ प्रादेशिक कार्यालय इन्चार्ज दीपनारायण खनाल र वरिष्ठ व्यवसाय प्रबन्धक सुदीप खड्काले शुभकामना तथा बधाई मन्तब्य दिएका थिए भने केन्द्रीय सचिव शंकर लामिछानेले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*