बीमा एग्रिगेटर कम्पनीप्रति बीमा अभिकर्ता सशंकित, पेशामा प्रत्यक्ष असर गर्ने त्रास

२ बैशाख २०८२, मंगलवार १२:०४

काठामाडौं । बीमा एग्रिगेटर कम्पनी स्थापना गर्ने बाटो खुल्ला भएको छ। बीमा प्राधिकरणका अनुसार बीमा एग्रिगेटर कम्पनी नेपाल बीमा प्राधिकरणले लाइसेन्स दिन पाउने व्यवस्था नियामावलीले खोलिदिएको छ । नियमावली राजपत्रमा प्रकाशन भएर लागू हुन बाँकी छ । सो पश्चात् कार्यान्वयनमा आएपछि प्राधिकरणले लाईसेन्स दिन पाउनेछन् ।बीमा ऐनमा समावेश भएको बिषयमा बीमा एग्रिगेटर कम्पनीप्रति बीमा अभिकर्ता सशंकित बनेका छन् ।

बीमा प्राधिकरणका निर्देशक शाम्बराज लामिछाने कार्यविधि बनेपछि मात्रै यसको बाटो खुल्ने बताएका छन् ।

हाल नेपालमा बीमा कम्पनी, पुनर्बीमा कम्पनी, पुनर्बीमा ब्रोकर कम्पनीहरु रहेका छन् । बीमा कम्पनीहरुमा पछिल्लो समय अनलाईनमार्फत नै बीमा गराउन मिल्ने व्यवस्था पनि रहेको छ। यी सेवा मार्फत हाल बीमा क्षेत्र सक्रिय रहेका अवस्था रहेको छ ।

पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष केदार घिमिरेले बीमा प्राधिकरणले बीमा प्राधिकरणले बीमा ऐनमा अभिकर्तालाई पाखा गर्दै मर्कामा पार्ने थुप्रै व्यवस्थाहरु समावेश गरेको छ । बीमा एग्रिगेटरको बिषय ऐनमै आईसकेको छ। अब अभिकर्ताहरुले ऐनमै समावेश भईसकेका कतिवटा बिषयमा हस्तक्षेप गर्ने भन्ने बिषय आँउछ ।

बीमा अभिकर्ताहरुलाई यस्ले असर गरेपनि प्रत्यक्ष रुपमा असर गर्नुपर्ने बिषयहरु बाहेकमा हामीले हाल प्राधिकरणमा अभिकर्तालाई प्रभाव पार्ने बिषयहरुको सूचीमा बीमा एग्रिगेटरको बिषय समावेश नगरेको अध्यक्ष घिमिरे बताँउछन् ।

नेशनल लाइफका निशा चौलागाईले भने बीमा अभिकर्ताको हक र हितमा नरह्ने बताएकी छिन् । अभिकर्ता नै प्रविधिमैत्री बनाएर लगेको भए उचित हुने उनको धारणा रहेको छ। बीमा प्राधिकरणको एकहोरो निर्णयले बीमा अभिकर्ता पेशा धरापमा पुग्ने भन्दै अभिकर्ता चौलागाईको बुझाई रहेको छ ।

बीमा नियमावलीमार्फत प्राधिकरणले बीमा ‘एग्रिगेटर’ कम्पनीहरुलाई पनि सञ्चालनको लाइसेन्स (अनुमतिपत्र) दिने व्यवस्था पनि गरिएको छ । बीमा एग्रिगेटर’ले बीमा अभिकर्ताको जस्तै काम गर्ने गर्दछ ।बीमा एग्रिगेटरले अभिकर्ताले जसरी कुनै निश्चित बीमा कम्पनीअन्तर्गत नभएर छुट्टै स्वतन्त्र कम्पनीको रुपमा काम गर्नेछ । अभिकर्ताहरुले कुनै निश्चित कम्पनीअन्तर्गत रहेर सोही कम्पनीको मात्रै पोलिसी बिक्री गर्न पाउने गरि लाइसेन्स पाउने व्यवस्था रहेको हुन्छन्।

तर, बीमा एग्रिगेटरले भने सबै कम्पनीको पोलिसि बिक्री गर्न पाउछन् । बीमा कम्पनीहरुको उपलब्ध गराउने प्रडक्ट (बीमालेख)को बिशेषता र बीमाशुल्कको बिश्लेषण गरि उपयुक्त पोलिसि ग्राहकलाई खरीद गर्न सुझाव दिने काम ऐग्रिगेटरले गर्नेछन्।

बीमा नियमावलीमा यस्ता कम्पनीलाई मध्यस्थकर्ता भनेर पारिभाषित गरिएको छ । ‘बीमा एग्रिगेटर भन्नाले बीमकले उपलब्ध गराउने बीमालेखको विशेषता र बीमाशुल्क समेतको तुलनात्मक विश्लेषण गरी उपयुक्त बीमालेख छनोट गर्न सहयोग गर्ने उद्देश्यले बीमा मध्यस्थकर्ताको रुपमा कार्य गर्न इजाजतप्राप्त सङ्गठित संस्था सम्झनु पर्छ,’ नियमावलीमा भनिएको छ।

यस्ता कम्पनीले निवेदन दिएमा प्राधिकरणले आवश्यक प्रक्रिया पूरा गरेर लाइसेन्स दिन सक्नेछ । नियमावलीमा भनिएको छ, ‘बीमकले उपलब्ध गराउने बीमालेखको विशेषता र बीमाशुल्क समेतको तुलनात्मक विश्लेषण गरी उपयुक्त शर्त तथा बीमालेख छनोट गर्न सहयोग गर्ने उद्देश्यले कुनै संस्थाले निवेदन दिएमा प्राधिकरणले बीमा एग्रिगेटरको इजाजत प्रदान गर्न सक्नेछ ।’

बीमा एग्रिगेटरको व्यवस्था अन्य मुलुकमा भए पनि नेपालमा थिएन । अहिले नियमावलीमार्फत यसको व्यवस्था गरिएको हो । भारतमा चर्चित रहेको ‘पोलिसि बजार डटकम’ पनि बीमा एग्रिगेटर नै हो ।नेपालमा त्यस्तै प्रकृतिको एग्रिगेटर कम्पनी आएमा ग्राहकले एकै ठाउँबाट सबै कम्पनीको पोलिसि हेरेर छनोट गरि खरीद गर्न सक्नेछन् । यसले बीमितलाई छनोटको अवसर प्रदान गर्ने प्राधिकरणका अधिकारीहरुको भनाई छ । समग्रमा यसले एउटै प्लेटफर्मबाट सबै कम्पनीमा उपलब्ध बीमा सेवा खरीद बिक्री गराउन सहयोग पुग्नेछ ।

एग्रिगेटर कम्पनीहरूले ग्राहकहरूलाई यो वा त्यो कम्पनीको नभनी स्वतन्त्र रूपमा ग्राहकहरूको आवश्यकता र क्षमतालाई बुझेर सबै बीमा कम्पनीहरूको पोलिसि छनोट गरेर खरिद गर्न सुझाव दिने गर्छन् ।बीमा कम्पनीहरूले उपलब्ध गराउने बीमालेखको विशेषता र बीमाशुल्कको विश्लेषण गरी बिमीतहरुको आम्दानी र आवश्यकता अनुसारका बीमा गर्न एग्रिगेटरहरुले मद्दत गर्ने गर्छन् ।

यस्तै बीमा क्षेत्रमा रहेका समस्याहरूको अध्ययन तथा अनुसन्धान गरी तिनको समाधानसँगै ठाउँ, परिवेश र आवश्यकता अनुसारको बीमा नीति बनाउनमा पनि एग्रिगेटरहरुले सहजकर्ताको भूमिका निर्वाह गर्न सक्छन् ।नेपालमा विगत ६ वर्षदेखि नेपालमा सञ्चालनमा रहेको बीमा दोकान पनि एग्रिगेटरकै अनुसार संचालनमा आईरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*