नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले बैशाख १६ गते अभिकर्ता परीक्षा सञ्चालन गर्ने
१४ बैशाख २०८२, आईतवार १०:५९

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेशले बैशाख १४ र १६ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ
कार्यालयले एक सूचना प्रकाशित गर्दै बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए बमोजिम कार्यालयले अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्न लागेको हो ।
जीवन बीमा अभिकर्ताको परीक्षामा नेपाल भरीबाट सहभागी हुन सक्नेछन् । साथै, परीक्षा दिँदा सम्बन्धित परीक्षार्थी क्यामेरामा स्पष्ट रुपमा देखिने गरी परीक्षा दिनुपर्ने प्राधिकरणले जनाएको छ ।