प्रभु महालक्ष्मी लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्तालाई तालिम प्रदान

१४ बैशाख २०८२, आईतवार १६:५१

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट अभिकर्ताहरुलाई तालिम प्रदान गरेको छ ।  कम्पनीले शनिबार काठमाडौंको एक होटलमा बागमती प्रदेशका उत्कृष्ट १५० जना बढी अभिकर्ताहरुलाई नेतृत्व तथा व्यवसायीक क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ख्याती प्राप्त ट्रेनरबाट तालिम प्रदान गरेको हो ।

कम्पनीका डेपुटी जनरल म्यानेजर सोन बहादुर मगरले उक्त तालिमको उद्घाटन गरेका हुन् । कम्पनीले आयोजना गरेको तालिममा कम्पनीका एसिस्टेन्ट जनरल म्यानेजर टीका दत्त प्याकुरेल र तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडा तथा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

तालिम तथा कम्पनीले देखाएको इज्जत, माया र सद्भावले आफुहरुलाई आउँदा दिनमा अझै प्राथमिकताको साथ बीमा व्यवसाय गर्न उत्साह मिलेको तालिममा सहभागी अभिकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुको क्षमता विकासको लागि विभिन्न उत्कृष्ट योजना र तालिम तथा अभिकर्ता पुनर्ताजगी लगायतका कार्यक्रम सञ्चालन गरीरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*