बीमा दावीको त्यो पल–जसले बदलियो सिटिजन लाइफका विकासको जीवन, बीमा व्यवसायमा यसरी भए सफल

नेपाली बीमा क्षेत्रमा परिचित नाम हो, विकास पाठक । विगत दुई दशकदेखि पूर्वी नेपालमा हजारौं मानिसहरुको बीमा गरी जोखिम रक्षावरण गर्दै आएका छन्, उनी । उनको आफ्नै किराना पसल छ तर, पनि उनले बीमा व्यवसायलाई नै प्रमुख पेशाको रुपमा लिएर अगाडि बढीरहेका छन् ।
जीवन बीमा पेशालाई आफ्नो जीवनकै अभिन्न अंग बनाउने दृढ सोच बनाई बीमा पेशामा होमिएका पाठकले भविष्यमा समेत नेपाली जीवन बीमा क्षेत्रको उज्वल भविष्यको रेखा कोर्ने प्रतिबद्धतासाथ काम गरिरहेका छन् । २०६४ साल देखि जीवन बीमा क्षेत्रमा पाइला चालेका पाठक बीमा क्षेत्रमै लागेर जीवन सफल र समृद्ध बनाउन सकिन्छ भन्ने उदाहरण दिन सफल भएका छन् ।
झापा जिल्लाको मेचीनगर नगरपालिका –११ धुलाबारीका विकास यतिबेला सिटिजन लाइफ इन्स्योरेन्स धुलाबारी शाखामा एजेन्सी म्यानेजरको रुपमा आवद्ध भएका छन् । सिटिजन लाइफको उत्कृष्ट बोनसदर, पर्याप्त तालिमबाट दिक्षित विकास कोशी प्रदेशका उत्कृष्ट एजेन्सी बन्न सफल भएका छन् ।
मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त ज्ञान र मानिसहरुलाई बीमा गर्न विश्वस्त गर्न सक्ने क्षमताले भरीपूर्ण रहेका उनी दुई दशकदेखि बीमा अभिकर्ता पेशामा जमेका छन् । जीवनमा आइपरेका हजारौ बाधा, अड्चनलाई आत्मसात गर्दै यति बेला उनी सरल राजमार्गमा आफ्ना पाइला चलाइरहेका छन् ।
झापाको मेचीनगर नगरपालिका –११ मा २०३७ सालमा जन्मिएका उनी २०६४ सालमा मेट लाइफ इन्स्योरेन्समा अभिकर्ता बनेर बीमा व्यवसायको सूरुवात गरेको बताउँछन् । सुरुवाती समयदेखि आफ्नो लक्ष्य प्राप्तीमा दृढ भएर अघि बढेका विकासको संघर्ष र मिहिनेतले हजारौ मानिसको बीमा भई जोखिम रक्षावरण भएको छ ।उनले यस अवधिमा १० वटा बीमितहरुलाई मृत्यु दावी बापतको रकम उनीहरुको घरमा नै गएर दिइसकेको अनुभव सुनाए ।
२०३७ सालमा बुवा रघुनाथ पाठक तथा आमा बिनिता पाठकको कान्छो छोराको रुपमा जन्म भई तत्कालिन धाइजन गाविस वडा नम्बर २ मा नै बाल्यकाल बिताएका थिए । उनले सोही स्थानको बलभद्र जनता माध्यमिक विद्यालयबाट २०५४ सालमा एसएलसी उत्तीर्ण गरी धुलाबारी क्याम्पसबाट १२ कक्षा पास गरेका हुन् ।
दुई दशक अगाडी उनले झापाको धुलाबारी बहुमुखी क्याम्पसबाट २०५६ सालमा १२ कक्षा उत्तिर्ण गरेका थिए । उति बेलाको १२ कक्षा उत्तिर्ण गर्नु भनेको निकै ठूलो कुरा हो । गाउँ समाजमा एक असल व्यक्तिको परिचय भएका आफुलाई अभिकर्ता बन्नको लागि वि.स.२०६४ सालमा मेट लाइफ नेपालकी युनिट म्यानेजर दुर्गा देवि थापाले सल्लाह दिएको बताउँछन् उनी । ‘सुरुमा उहाँले मेट लाइफमा मेरो नामको बीमा गरीदिनु भयो । पछि एक दिन कम्पनीमा भ्याकेन्सी खुलेको छ भनेर मलाई मेट लाइफमा अभिकर्ताको रुपमा आवद्ध गराइदिनुभयो । त्यसपछि मेरो बीमा व्यवसायको यात्रा सुरु भएको हो ।’ उनले भने ।
‘बीमा भनेको आम मानिसहरुको अभिभावक हो । जसरी हामीले छोरा–छोरीको ख्याल राख्छौं, त्यसरी नै हाम्रो जीवनमा आएका समस्यालाई बीमाले ख्याल राखेको हुन्छ । भोलि ठूलो क्षति हुनेबेला बीमाले मात्र सहयोग गर्छ, त्यसैले सबैले क्षमता अनुसारको बीमा गर्नुपर्छ ।’ उनी भन्छन्, ‘बीमा अभिकर्ता पेशा एउटा सेवाभावले गरिने मर्यादित पेशा हो । जसले हजारौं नागरिकको जीवनको जोखिम रक्षावरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’
२०६६ सालतिर वैदेशिक रोजगारको शिलशिलामा कोरिया जानको लागि ईपीएस भाषा समेत उत्तिर्ण गरीसकेका उनी एकदिन बीमा दावीको रकम दिन बीमितको घरमा पुग्छन् । बीमितको घरमा गएपछि बीमित अम्बिका भुजेलका बगिरहेका आँशुले विकासको जीवनको लक्ष्य नै परिवर्तन हुन्छ । त्यसपछि उनले मानिसको जीवनमा पैसा मात्र सबैथोक होइन भन्दै बीमा व्यवसायले आम नागरिकको दुःखमा मलम लगाउन्छु भन्दै बीमा अभिकर्ता पेशालाई अंगालेर अघि बढेका छन् ।
उनी सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता मात्र नभएर आमा बुवाको लागि असल छोरा, छोराछोरीको लागि मिहिनेती बुवा बन्नुका साथै जिम्मेवार श्रीमानको रुपमा आफ्नो जिम्मेवारी पुरा गरीरहेका छन् । आफ्नो छोरा–छोरीलाइ गुणस्तरीय शिक्षा हासिल गराउँनुका साथै श्रीमती र घरपरिवारको हरेक सुख, दुःखमा साथ दिदैै आएका छन् ।
घर परिवार र गाउँ समाजको राम्रो साथ सहयोगले सिटिजन लाइफमा चम्किरहेका विकास अभिकर्ता पेशाप्रति गौरवान्वित महशुस गरेको अनुभव सुनाउँछन् । पुर्वी नेपालका आम नागरिकहरुको लागि यतिवेला उनी बीमाको संवाग बन्न पुगेका छन् । गाउँ समाजमा बीमाप्रति पहिला केही नकारात्मक सोच थिएन, पछिल्लो समयको देशको परीवेशले विभिन्न गुनासा तथा नकारात्मक धारणा रहेको सुनाउँछन्, उनी ।
‘सूूरुमा यहाँका नागरिकहरुमा बीमाबारे केही नकारात्मक धारणा थिएन । पछिल्लो समय आएका केही नयाँ कम्पनीका विभिन्न कर्तुतहरु बाहिर आएपछि मानिस तथा बीमितहरुमा बीमा कम्पनीबाट पैसा लिनै झन्झट र दावीमा कागज पुगेन भन्दै अल्झाउने गरेका कुरा सुनिन्छन् ।’ उनले भने ।
सिटिजन लाइफ इन्स्योरेन्समा प्रवेश गरी पाँच वर्षदेखि व्यवसाय गरीरहेका विकास धुलाबारी शाखा कार्यालयबाट २०७९ सालमा सिल्भर क्लब बिजेता बन्न सफल भएका थिए । उनी कम्पनीका विभिन्न योजनामा समेत छनौट हुने गरेका छन् ।
विकासका अनुसार सिटिजन लाइफमा जीवन सारथी बीमा पोलिसी नागरिकहरुको पहिलो रोजाईमा रहेको छ । आफु र आफ्ना आफन्तको लागि यो पोलिसी खरिद गरेपछि जीवनभरी सुरक्षा मिल्ने भएर बढी खरिद गर्ने गर्दछन् । उनले झापा र आसपासका जिल्लामा रहेका मानिसहरुको बीमा गरी उनीहरुको जीवनको जोखिम रक्षावरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरीरहेका छन् ।
नागरिकहरुले बीमा कम्पनी हेरेर भन्दा पनि अभिकर्ताहरुको स्वभाव, इमान्दारीता, बानी व्यहोरा र समाजमा उनीहरुको स्थापित छबिलाई हेरेर बीमा गर्ने गरेको उनको बुझाइ छ । ‘हाम्रो कम्पनीले विभिन्न समयमा अभिकर्ताहरुलाई तालिम प्रदान गरीरहेको हुन्छ । तर, म धेरै पहिलेदेखि नै यो व्यवसायमा आवद्ध भएका कारण मलाई चाँही सेल्फ मोटिभेसन कुराले बढी व्यवसाय गर्न सहजता प्रदान गर्दछ ।’
आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमाको क्षेत्रको फराकिलो दायरा वृद्धि गर्दै अगाडि बढ्ने प्रतिवद्धता र आत्मविश्वास बढेको बताउँछन् उनी । अन्त्यमा , उनले आम नागरिकहरुलाई जीवन बीमा एकदमै अनिवार्य आवश्यकताको रुपमा रहेको भन्दै मानिसहरुलाई आफ्नो क्षमता अनुसारको बीमा गर्न सुझाव दिएका छन् । देशमा रहेको बेरोजगारीको समस्यालाई पनि निराकरण गर्न अभिकर्ता पेशाले महत्वपूर्ण भुमिका खेलेको उनको धारणा छ ।
दुई दशकदेखि विकासले चलाएको बीमा अभियानले बीमा गरेर जीवन रक्षावरण गर्न चाहने बीमितलाई त राहत मिलेकै छ । त्यसबाहेक कमजोर आर्थिक अवस्था भएका घरपरिवारका वस्तीमा पनि उनले चलाएको बीमा अभियानले बीमा सचेतना अभियान समेत विस्तार भएको छ । आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमाको क्षेत्रको फराकिलो दायरा वृद्धि गर्दै अगाडि बढ्ने प्रतिवद्धता र आत्मविश्वास बढेको बताएका छन् ।
अझ सफलताको शुभकामना बिकास सरलाई