नेपाल बीमा प्राधिकरणले आइतबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने

२५ बैशाख २०८२, बिहीबार ११:३८

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेशले बैशाख २८ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । उक्त परीक्षा ३ बजेदेखि ४ः३० सम्म सञ्चालन हुने भएको हो ।

कार्यालयले एक सूचना प्रकाशित गर्दै बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए बमोजिम कार्यालयले अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्न लागेको हो ।

जीवन बीमा अभिकर्ताको परीक्षामा नेपाल भरीबाट सहभागी हुन सक्नेछन् । साथै, परीक्षा दिँदा सम्बन्धित परीक्षार्थी क्यामेरामा स्पष्ट रुपमा देखिने गरी परीक्षा दिनुपर्ने प्राधिकरणले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*