व्यवसाय नवीकरणको झन्झट हटाउँदै सरकार: अब आयकर विवरण नै प्रमाण हुने
९ जेष्ठ २०८२, शुक्रबार १७:११

काठमाडौं । अब व्यवसाय नवीकरणको झन्झटबाट उद्यमीहरू मुक्त हुने भएका छन् ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को सिफारिसअनुसार बनेको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सरकार व्यवसाय नवीकरण गर्नुपर्ने प्रावधान हटाउने तयारीमा छ ।
कार्ययोजनामा भनिएको छ, ‘व्यवसाय नवीकरण गर्नुपर्ने व्यवस्था हटाउने। आयकर दाखिला गरिरहेको छ भने व्यवसाय चलिरहेको छ भन्ने जानकारी स्वतः हुने व्यवस्था गर्ने।’
यसबाट व्यवसाय दर्ता गरिसकेपछि हरेक वर्ष पुनः नवीकरण गर्नुपर्ने बाध्यता हट्नेछ । अब नियमित रूपमा आयकर विवरण बुझाउने व्यवसायलाई स्वतः सक्रिय मानिने छ ।